काठमाडौं। कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा वोर्डले आज शनिवार परीक्षाफल प्रकाशन गरेको हो। ग्रेडिङ तर्फ कुल पाँच लाख ४८ हजार ४ सय ४५ विद्यार्थीले परीक्षा दिएका थिए। नियमित तर्फ तीन लाख ३२ हजार ८ सय ९१ ले सहभागिता जनाएका थिए भने आंशिक परीक्षा दिने ग्रेडिङ तर्फ १ लाख ७६ हजार ४९ हजार रहेका थिए।

यस्तै ननग्रेडिङ तर्फ आंसिक ३९ हजार ५ सय ५ जना विद्यार्थी थिए। ननग्रेडिङ तर्फ १५ हजार तीन सय ३३ जना विद्यार्थी उत्तिर्ण भएका छन्। जीपीए तर्फ १.६१ देखि २ जीपिए ल्याउने विद्यार्थीको संख्या धेरै रहेको छ। ९२ हजार पाँच सय ९३ विद्यार्थीले सी ग्रेड ल्याएका छन्।

३.६१ देखि ४ सम्म जीपीए ल्याउने ११ सय ४५ रहेका छन्। यो भनेको ए प्लस हो। जीपीए ३.२१ देखि ३.६ ल्याउने ८ हजार ९ सय ४९ रहेका छन्। यो भनेको ए ग्रेड हो। २.८१ देखि ३.२० जीपीए ल्याउने २४ हजार पाँच सय १५ रहेका छन्। यो बि प्लस हो। २.४१ देखि २.८० जीपीए ल्याउने ४८ हजार ७ सय ३१ रहेका छन्। यो बि ग्रेड हो।

२.०१ देखि २.४० सम्म सी प्लस ८६ हजार ७ सय ७० विद्यार्थीले ल्याएका छन्। १.२१ देखि १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ४ सय ६ रहेको छ। यो डि प्लस हो। ०.८१ देखि १.२० डि ग्रेडमा ८ हजार १ सय २७ विद्यार्थी रहेका छन्। ० देखि ०.०८ जीपिएमा २० हजार ६ सय ८५ विद्यार्थी रहेका छन्। यो ई ग्रेड हो।
प्रकाशन मिति–२०७५ साल असोज २० गते शनिवार ।