काठमाडौ। यो वर्षको नोबल शान्ति पुरस्कार नाडिया मुराद र डेनिस मुक्बेजेले पाउने भएका छन्। युद्धका क्रममा हुने यौन हिंसा विरुद्धका अभियन्ता द्वय नाडिया र डेनिस दिन निर्णय भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

नर्वेस्थित नोबेल पुरस्कार समितिले उनीहरुलाई युद्धका क्रममा पीडित भएका जनताको रक्षामा महत्वपूर्ण योगदान पुराएको भन्दै सन् २०१८को शान्तिका लागि नोबेल पुरस्कार दिने निर्णय गरेको हो।

कुर्दिस महिला मुराद इस्लामिक स्टेट(आईएस)का लडाकुको बलात्कार तथा हिंसामा परेर मुक्त भएपछि कुर्दिस जनताको मुक्ति अभियानमा परिचित बनेकी थिइन्।
कंगोका चिकित्सक मुक्वेजे युद्दका समयमा यौन हिंसा पीडितको जीवन रक्षामा महत्व पूर्ण भूमिका निर्वाह गरेका थिए। उनले यौन हिंसामा परेका महिलाको उपचारमा विशेष योगदान पुराएका थिए।

प्रकाशन मिति–२०७५ साल असोज १९ गते शुक्रबार ।