काठमाडौं। कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक भागेपछि त्यहाँ काम गर्ने कामदारहरु अलपत्र परेका छन्। उनीहरुलाई त्यस संचालकले तलब नदिकन भागेको खुलासा भएको छ। सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेको हो। कम्पनी डुबेपछि त्यस कंपनीका सञ्चालक भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेका हुन् ।

केएम कम्पनीका मुख्य सञ्चालक हुन्। कम्पनीका अध्यक्ष कतारी नागरिक युसुफ मलालाका अल हरामी कामदारको सम्पर्कमा छैनन्। कतारको श्रम कानुनअनुसार कम्पनी टाट पल्टे कामदारको बक्यौता भुक्तानी गरी स्वदेश फर्काउनुपर्छ।

सञ्चालक फरार भएकाले कामदारले खानासमेत पाएका थिएनन्। भारतीय दूतावास, कतार च्यारिटी संस्था, लुलु हाइपरमार्केट, गोरखा सेवा समाज, लमजुङ सेवा समाजलगायतले उनीहरूलाई खानाको प्रबन्ध मिलाएको समाचारमा आएको छ।

९ सय जनाका लागि एउटै मेस चलाएर उनीहरुले जसोतसो खाना खाने प्रवन्ध मिलाइरहेका छन्।  कामदारले गत मे महिनादेखि तलब पाएका छैनन्। कम्पनीमा १६ महिनादेखि ११ वर्षसम्म कार्यरत नेपाली छन्।

प्रकाशन मिति–२०७५ साल असोज १८ गते विहीवार ।