काठमाडौं। इन्डोनेसियाको सुलावेसी प्रान्तमा गत शुक्रबार गएको भूकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ४७ पुगेको छ। भूकम्प र सुनामीमा परेर अझै कयौं व्यक्ति बेपत्ता भएका छन्। उनीहरुको खोजी र उद्धार जारी रहेको त्यहाँका अधिकारीहरुले बताएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ।

अहिलेसम्म आएको तथ्यांकहरु पालु शहर र आसपासका क्षेत्रको मात्र रहेकाले ग्रामीण क्षेत्रको जानकारी संकलन हुन थालेपछि मृत्यु हुनेको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।अझै पनि धेरै मानिस भत्किएका संरचनामा पुरिएको हुनसक्ने र उनीहरुलाई जिवितै उद्धार गर्न सकिने सम्भावना पनि रहेको बताइएको छ।

भूकम्प र सुनामीले ६५ हजार ७३३ घर भत्किएका छन् भने सयौं विद्यालय भवन तथा ठूला व्यापारिक भवन चर्किएका वा भत्किएका, विपद् व्यवस्थापन केन्द्रीय कार्यालयका प्रवक्ता सुटुपो पुर्वो नुग्रोहोले भनेका छन्।विस्थापितहरूलाई राज्यका १०९ स्थानमा शिविर बनाएर राखिएको छ । उद्धारमा विभिन्न क्षेत्रमा गरी करिब ६ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल असोज १७ गते बुधवार ।