Dance Bar 2काठमाडौ। पोखराको महेन्द्रपुलमा अवैधरुपमा सञ्चालित डान्सबारमा प्रहरीले छापा मारेर एक दर्जन बढीलाई पक्राउ गरेको छ। प्रहरीले डान्सबारमा अश्लील क्रियाकलाप गरिरहेको एक जोडीसहित ११ जनालाई नियन्त्रणमा लिएको छ।

छड्के अनुगमनको क्रममा महेन्द्रपुलस्थित सोनिक नाइट क्लब एण्ड डान्सबारमा बैदाम प्रहरीले मंगलबार छापा मारेको थियो । सो क्लब अवैधरुपमा सञ्चालन भइरहेको पाइएपछि कार्बाही प्रक्रिया अघि बढाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरिक्षक मोहनमणि अधिकारीले बताए।

Dance Bar 1

छापा मार्दा क्लबमा कार्यरत १८ वर्षीया युवतीलाई ५२ वर्षीय पुरुषले आफ्नो काखमा राखेर अश्लील क्रियाकलाप गरिरहेको प्रहरीले फेला पारेको थियो। उनीहरु सहित बार सञ्चालक आशिष क्षेत्री र १० जना डान्सरलाई समेत पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल जेठ ५ गते बुधवार ।