काठमाडौं। नेपाली सिनेमा तथा साहित्यको युगिन हस्ताक्षर प्रकाश सायमीको सिनेमा तथा साहित्यको सर्जक मात्र नभइकन टेप लाइब्रेरी नै हो। चालिसको दशकदेखि नेपाली सिनेमा तथा साहित्यमा अनवरत रुपमा खोजको स्रोतसर्जक बनेर अग्रता दिदैआएका प्रकाश सायमी नेपाली सिनेमा तथा साहित्यको भण्डार बनिसकेका छन्।

प्रकाश सायमी भित्र रहेका अनगिन्ति नेपाली सिनेमा तथा साहित्यका युगिन भण्डार अमूल्य नै बन्दैगएको छ । समयसंगै यो भण्डारलाई सञ्चित गर्न सकेन अझ डिजिटाइलेजेशनको जमानामा डिजिटाइलेजेशन गर्न सकिएन भने, प्रकाश सायमीसंगै विलाएर जाने डर भैसकेको छ। यो अवस्थालाई मध्यनजर गर्दै प्रकाश सायमीभित्रका नेपाली सिनेमा तथा साहित्यको भण्डारण अर्थात टेप लाइब्रेरीलाई सुरक्षित पार्न आवश्यक भएको यथार्थतालाई अमेरिकामा रहेका युगिन ओकेली गायक सिर्जन ताम्राकारले झकझकाएपछि अव त्यो भण्डारण हुने निश्चित भएको छ।

प्रकाश सायमीको आफ्नै युट्युब च्यानल मार्फत भण्डारण भएर फागुन ७ गते प्रजातन्त्र दिवसको शुभ विहानीसंगै विश्वव्यापी क्रमबद्धरुपमा आउने भएको छ। यस कार्यका लागि प्रकाश सायमीलाई शसिन्द्र गौतमले प्राविधिक रुपमा सघाउने भएको छ। हप्ताको दुई दिन प्रकाश सायमी युट्युब च्यानल मार्फत प्रकास सायमीले आफूभित्र भएका नेपाली सिनेमा र साहित्यका भण्डारणलाई भौतिक रुपमा प्रस्तुत भएर शव्द तथा आवाज मार्फत सवैलाई पस्कने भएका छन्।

जहाँवाट हालसम्म कतिपयलाई थाहा नभएका अनटोल्ड स्टोरीहरु पनि थाहा पाउन सकिने भएको छ। नेपाली सिनेमा तथा साहित्यका बारेमा खोज तथा सोध गर्नेहरुका लागि त प्रकाश सायमी यो अग्रगामी अझ प्रेरक अनि ज्ञानबर्धक खुराक नै बन्ने निश्चित छ।

 

https://www.youtube.com/@prakashsayami5

प्रकाशन मिति–२०७९ साल फागुन ६ गते शनिवार ।