Mr.Krishna Gautam
Mr.Krishna Gautam

काठमाडौ। नेकपा एमालेको भातृसंगठन लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आफ्ना तर्फबाट समानुपातिक उम्मेदवारको सूची नेकपा एमाले समक्ष सिफारिश गरेको छ ।

यस क्षेत्रबाट ती सदनमा सहभागिता हुनुपर्ने माग गर्दै संगठनको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभातर्फ अपाङ अधिकारकर्मी कृष्ण गौतमलाई सिफारिस गरिएको छ। त्यसैगरी डा.वीरेन्द्रराज पोखरेल, जगदीशप्रसाद अधिकारी, निर्मला धिताल र देवीबहादुर पोखरेललाई पनि सिफारिस गरिएको छ।

Mr. Krishna Gautam-Disable Human Right Worker of Nepal
Mr. Krishna Gautam-Disable Human Right Worker of Nepal

लामो समयदेखि अपाङ अधिकार तथा अपाङका हक, हितका लागि क्रियाशील बन्दैआएका अपाङअधिकारकर्मी कृष्ण गौतमको संभाव्यता अधिक रहेको समाचार स्रोतले भनेको छ।

यस्तै प्रदेशसभाका लागि टीकादेवी हमाल, द्रोणाचार्य निरौला, कुमार रेग्मी, भोलाप्रसाद अधिकारी, नरबहादुर लिम्बू, महेश्वर घिमिरे, सञ्जय बान्तवा, रमेश लामा, लक्ष्मी देवकोटा महर्जन, शिशिर खनाल, शोभा पौडेल, नेत्र सापकोटा, पारमेश्वर ढकाल, शिशिर ज्ञवाली, चिन्तामणि पौडेल, धु्रवराज न्यौपाने, गणेशबहादुर केसी र महादेव भारती सिफारिश गरिएको छ।
प्रकाशन मिति–२०७४ साल असोज २५ गते बुधवार ।