nirwachan-ayog

काठमाडौ। निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छाप्ने भएको छ। सर्वोच्च अदालतले गत बुधबार छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा के कस्तो प्रगति भएको भन्दै विवरण मागेपछि आयोग सर्वोच्चको आदेशअनुसार अघि बढ्ने निर्णयमा पुगेको हो।

यसअघि आयोगले एउटै पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाको मतपत्र छाप्न सुरु गरेको थियो। निर्वाचन आयोगका पदाधिकारीहरुको आइतबार बसेको वैठकले सर्वोच्च अदालतको आदेशअनुसार प्रतिनिधिसभा र प्रदेशसभाका लागि अलगरअलग मतपत्र छाप्ने निर्णय गरेको हो।

आयोगले सोही बमोजिमको जवाफ सर्वोच्चलाई पनि दिने जनाएको छ। तर, चुनावको मिति भने हेरफेर नहुने आयोगले स्पष्ट पारेको छ। प्रत्यक्षतर्फ दुईओटा मतपत्र छाप्दा गर्नुपर्ने तयारी सुरु भएको पनि आयोगले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक १२ गते आइतवार ।