• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Political

प्रधानमन्त्रीको कुरा गफ होइन… –डा.अजयक्रान्ति शाक्य

प्रधानमन्त्रीको कुरा गफ होइन… –डा.अजयक्रान्ति शाक्य
0
VIEWS

प्रधानमन्त्रीको कुरा गफ होइन…
–डा.अजयक्रान्ति शाक्य
(प्रधानमन्त्रीको सल्लाहकार–विज्ञान, प्रविधि, सामाजिक तथा सांस्कृतिक)

Ajaya Kranti 1नेपाली समसामयिक राजनीतिमा विगत अढाई दशकदेखि सक्रिय व्यक्तित्व डा.अजयक्रान्ति शाक्य स्वच्छ छविका व्यक्तित्वको रुपमा लिइने गरेको छ। विशेषत नेकपा एमालेको सांस्कृतिक—सामाजिक फांट सम्हालेर बेग्लै धारवाट राजनीति गर्दैआएका डा.शाक्य हरेक चुनौतिलाई सहज ढंगबाट सामना गर्न सक्ने दरिलो व्यक्तित्वको रुपमा नेकपा एमालेभित्र लिइने गरेको छ। पार्टीले दिएको प्रायः जिम्मेवारीलाई यथासंभव सरल ढंगवाट निर्वाह गरेर प्रशंशा पाउंदै आएका डा.शाक्यको दख्खल धर्म–संस्कृति, विज्ञान तथा समाजशास्त्रमा रहेको छ। त्रिविविवाट नेपाली इतिहास, पुरातत्व तथा कला शास्त्रमा स्नातकोत्तर यस्तै बुद्धिजममा र गणित विषयमा स्नातकोत्तर तह अलावा जिओलोजी–फिजिक्समा स्नातक, इकोनोमिक्समा स्नातक, प्रयाग संगीत विश्वविद्यालयवाट बीम्युज गरेका डा.शाक्यले लुम्विनी विश्वविद्यालयबाट बुद्धिजम् विषयमा विद्यावारिधि गरेका छन्। थुप्रै लेख रचना तथा पुस्तकहरु लेखिसकेका डा. शाक्य राजनीति, विज्ञान तथा प्रविधि, सामाजिक र सांस्कृतिक सरोकारमा विज्ञ तथा बहु–आयामिक व्यक्तित्वका रुपमा चिनिन्छन्। हाल डा.शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञान प्रविधि, सामाजिक र सांस्कृतिक सल्लाहकारका रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कार्यरत रहेका छन् । प्रधानमन्त्रीका सल्लाहकार डा.शाक्यसंग भिजन संसारका समाचार सम्पादक श्याम स्मृतले समसामयिक विषयमा लिएको अन्तरवार्ताको सारसंक्षेप–

Ajaya Kranti 4

तपाईजस्तो बहुआयामिक विज्ञ व्यक्तित्व राजनीतिमा के देखेर लाग्नु भएको ?
–म जातले पनि अध्ययनले पनि बौद्ध भएको हुनाले आध्यात्मिक प्रबृतिको व्यक्ति हुं । मेरो जीवनको उद्देश्य भनेको बहुजन हिताय बहुजन सुखाय सर्वप्रकारेण जगत हिताय हो । अर्थात् जगतको हित गर्ने, समाजको सेवा गर्ने, प्राणीहरुको सहयोग गर्ने नै मेरो जीवनको मुख्य लक्ष्य हो । त्यसैले पनि विज्ञता हासिल गर्ने, ज्ञानप्राप्त गर्ने र आफूले पाएको ज्ञान र सीपबाट सामाजिक सेवा गर्ने लक्ष्यका साथ अघि बढिरहेको छु र सक्दो सवैलाई सहयोग गर्दै आइरहेको छुं । राजनीतिमा किन लाग्नु भयो भन्ने सम्बन्धमा म विद्यार्थी जीवन देखि नै अन्यायको विरुद्धमा समानताका लागि न्यायका लागि लागि पर्ने व्यक्ति भएको हुनाले सानै छंदा नै २०४६ सालको आन्दोलनमा सहभागि भएं । यही समय देखि नै म राजनीतिमा आकर्षित भएं । समाजमा न्याय दिलाउन, समानता दिलाउन र समाज सेवा गर्न राजनीतीक शक्तिले ठूलो भूमिका खेल्न सक्दो रहेछ भन्ने मलाई बोध भयो। त्यसपछि म विस्तारै पढाईका साथ साथै राजनीतिमा संगठित रुपमा लाग्न थालें । यस बाहेक संगीतमा, विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि सक्रिय रुपमा लाग्दै आएको छुं । राजनीतिमा भन्दा बढी जस्तो समय मेरो अध्ययन, लेखन, सामाजिक संघ संस्थाहरुमा र समाज सेवामा बढी समय दिने गरेको छु । अहिले मैले सम्माननीय प्रधानमन्त्रीज्यूको सामाजिक सांस्कृतिक र विज्ञान प्रविधि सल्लाहकारकार रुपमा काम गर्ने मौका पाएं र मैले मेरो विव्दतता उपयोग गर्ने प्रयास गर्दैछु । तर र यहाँ रहेको विभिन्न जटिल प्रक्रियाहरु, विभिन्न अव्यवहारिक सिष्टमहरु विभिन्न व्यक्तिहरुको विभिन्न किसिमको आग्रह पूर्वाग्रह आदि विविध कारणले आफ्नो क्षमतालाई सन्तोषजनक रुपमा प्रस्तुत गर्न पाइरहेको छैन। यद्यपि, विस्तारै प्रयास गर्दैछु।

K P Oliप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको घर–घरमा खाना पकाउने ग्याँसको पाइपलाइन पुर्याउने कुरा गर्नुभएको छ। यो कुरा नेपालको सन्दर्भमा कतिको संभव छ?
–यो असंभव भन्ने कुरा नै होइन। अवश्य पनि संभव छ। समृद्ध नेपाल निर्माण गर्न नेपाली जनताको घर–घरमा पाइपलाइनवाट खाना पकाउने ग्याँसको वितरण गर्नुपर्दछ। खाना पकाउने ग्याँसको आधा सिलिण्डर पनि पाउन नसकेको बर्तमान अवस्थामा यसप्रकारको योजना आउनु कुनै हाँस्यपद कुरा अवश्य पनि होइन। स्वभाविक कुरा हो। यसअघिका सरकारले नै प्रस्तावमा ल्याउनु पर्ने यसप्रकारका योजना नल्याइनुले नेपाली जनताले खाना पकाउने ग्याँसको लागि अहिले सम्म पनि दिनरात कष्ट सहनु परेको हो।
नेकपा एमाले नेतृत्वको केपी शर्मा ओली सरकारले कम से कम नेपाली जनताको घर–घरमा खाना पकाउने ग्याँसको पाइपलाइन विस्तार गर्ने योजना विस्तार गरेको छ। जुन चानचुने कुरा होइन। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको घर–घरमा खाना पकाउने ग्याँसको पाइपलाइन पुर्याउने कुरा कुनै गफाडीको गफ होइन। आवश्यक र सत्य–तथ्य कुरा हो। कुनैबेला तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौमा मेलम्चीको पानी ल्याउने योजनाको कुरा गर्दा घर–घरमा खाना पकाउने ग्याँसको पाइपलाइन पुर्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई जस्तै उडाइएको थियो। तर यतिखेर मेलम्चीको पानी काठमाडौ आउने अन्तिम तयारीमा पुगेको छ। दशौ बर्षपछि भएपनि मेलम्चीको पानी काठमाडौमा आउने अन्तिम तयारीमा पुगेको हो। त्यस्तै गरेर प्रधानमन्त्री ओलीज्यूले भन्नुभएको कुराले अवश्यपनि केही बर्षभित्र सार्थकता पाउने छन्। यसमा कुनै शंका नै छैन्। योजना अघि नसारेसम्म त्यसको शुरुवात हुंदैन। कम से कम कसैले आँट नगरेको योजनामा प्रधानमन्त्रीज्यूवाट आंट गरेर योजना अघिसार्नु भयो। जतिसुकै चुनौतिपूर्ण भएपनि यो आशा लाग्दो योजनाको रुपमा लिन सकिन्छ। आज नभए त भोलिका दिनमा विकसित मुलुकमा जस्तै नेपाली जनताका घर–घरमा खाना पकाउने ग्याँसको पाइपलाइन अवश्य पुग्नेछन्। मूलुकलाई सम्बृद्ध बनाउन गर्नु पर्ने आधारभूत विकास मध्ये यो एक हो गर्नु पर्ने नै यस्तै हो ।

नेपालमा विज्ञान प्रविधि क्षेत्र विकास नहुनुको कारण के हो ?
वास्तवमा नेपालमा विज्ञान प्रविधि क्षेत्र प्राथमिकताको दृष्टिले सवैको कम प्राथमिकतामा परेको देखिन्छ । धेरै जसो राजनैतिक पार्टीहरुले यस क्षेत्रलाई प्राथमिकता दिएको पाइदैन । चाहे मन्त्रालयको बांडफांड गर्दा होस् चाहे सचिवहरु त्यस मन्त्रालयमा सरुवा हुंदा होस् व्यूरोक्राय्सी र राजनैतिक पार्टी दुवैले विज्ञान प्रविधि विषयलाई प्राथमिकतामा राखेको पाइन्दैन । यस विषयका लागि बजेट पनि कम विनियोजन भएको अवस्था रहेको छ । विज्ञान प्रविधि जस्तो विषयलाई नै यसरी कम प्राथमिकतामा राखेपछि मूलुक कसरी अत्याधुनिक प्रविधिका साथ विकास हुन्छ? यो एउटा गम्भीर प्रश्न बनेको छ । तर नेकपा एमाले नै यस्तो एउटा पार्टी हो जुन संधै विज्ञान र प्रविधिलाई महत्वका साथ प्राथमिकतामा राख्छ । त्यसैले अहिले नेकपा एमालेले यस विषयलाई प्राथमिकता दिएरनै काम गरीरहेको छ ।

Ajaya Kranti 3

उसो भए नेपालको विकासको लागि विज्ञान तथा प्रविधिको फांटमा यो सरकारले के कस्तो कार्य गरिरहेको छ त ?

देश विकासको लागि अत्याधुनिक प्रविधिको समयसापेक्ष उपयोग गरिनु आवश्यक छ। मुलुकमा नयाँ नयाँ प्रविधि भित्राएर नेपाली जनतालाई सक्दो राहत दिने कार्य जुनसुकै सरकारवाट पनि हुनु पर्छ। नेपालमा विज्ञान प्रविधि नीतिलाई नै परिमार्जन गरी STI नीति लागु गर्नु पर्दछ । यसका लागि सन २०१३ मा यस विषयमा केही अध्ययन भैसकेको रहेछ र यस STI policy लाई थप अध्ययन तथा परिमार्जन गरी नेपालको विज्ञान प्रविधि को policy का रुपमा स्थापित गर्नु पर्दछ । यसका लागि हामीले थप कार्यको थालनी गरीसकेका छौं । यस्तै वर्तमान सरकारले टेलिकमको क्षेत्रमा 4G भित्र्याउने, अप्टिकल फाइवरहरु विछ्याउने, विज्ञान प्रविधिका क्षेत्रमा नयाँ नयाँ प्रविधिहरु उपयोग गर्ने, IT क्षेत्रको प्रयोगलाई अझ विस्तार गर्ने, स्मार्ट सिटीहरुका लागि पूर्वाधारहरु बनाउँदै लाने जस्ता धेरै योजनाहरु कार्यान्वयन गर्ने कार्यको थालनी गरेको छ । नेपालमा रहेको यूवाहरु जस्ले कम्प्यस्टर सफ्टवेयर तथा हार्डवेरमा दक्ष छन् साथै नेटवर्किगका expert छन् उनीहरुलाई outsoursing का रुपमा संगठित रुपमा विकास गरी विश्वसमूदायलाई सेवा प्रदान गर्ने र brain drain न्यूनीकरण गर्दै लाने जस्ता कार्यका लागि सम्माननीय प्रधानमन्त्रीज्यूले कार्य थालनी गर्न निर्देशन दिनु भईसकेको छ । यस्तै नेपालको आकाशमा रहेको अरविटल स्लट त्यतिकै खेर गैरहेको छ। त्यसको उपयोग गर्ने तर्फ हालसम्म यस अघिका कुनै सरकारले ठोस कदम चालेको पाईदैन । यसअघिका कुनैपनि सरकारले यस विषयमा सिन्को भाँच्नेसम्म काम गरेका छैनन्। तर बर्तमान सरकारले अरविटल स्लटको प्रयोग गर्न अरुलाई लिजमा दिएर आम्दानी गर्ने कि भन्ने सम्बन्धमा गृहकार्यको थालनी गर्न लागेको छ। जुन निक्कै महत्वपूर्ण उपलव्धी बन्ने छ। यसका लागि नेपाल दूरसंचार प्राधिकरणले काम गरिरहेको छ ।

Ajaya Kranti 2समृद्ध नेपाल बनाउन भिजन विना मिसन संभव छ ?
–अवश्य पनि भिजन विना मिसन संभव छैन। पहिला स्पष्ट खाकासहितको भिजन हुनु आवश्यक छ। एउटा राम्रो शुरुवातको लागि सरकारको स्पष्ट भिजन भएपछि त्यो भिजनमा मिसन अवश्य पनि संभव छ। हाम्रो लागि राम्रो र नभई नहुने भिजन प्रधानमन्त्रीवाट व्यक्त गर्दा प्रधानमन्त्रीलाई हाँसोको पात्र संझ्ने अवश्य पनि राम्रो कुरा मान्न सकिदैन। नेताहरुले पहिला भिजन ल्याउंछन्। अनि देशमा रहेका जनशक्तिलाई परिचालित गरेर मिसन सहित कार्ययोजना बनाएर साकार पार्ने कार्य गरिन्छ। प्रधानमन्त्री ओलीले दिनुभएको भिजनलाई साकार पार्न बरु सवैलाई हातेमालो गर्न अनुरोध गर्दछु । अहिले उहाँका भिजनहरुलाई कार्यान्वयन गर्न दक्ष प्राविधिक लागिपरिसकेका छन्। उहाँले त्यतिकै हावाको भरमा बोल्नुभएको अवश्य पनि होइन। भिजनसहित बोल्नुभएको कुरा हो। जुन सफल हुंदैगएपछि भोलि उहाँलाई स्यालुट गर्नेछन्।
समयलाई पर्खन सक्नु पर्छ। नेपाललाई समृद्ध बनाउन सवै हामी नेपालीले हातेमालो गर्नु आवश्यक छ। नेकपा एमाले नेतृत्वको सरकारले चाँडै नै नेपाललाई समृद्ध बनाउंछ भनेर सरकारको उपहास गर्ने र पहिलाजस्तै सरकार ढाल्ने फोहरी खेलमा नलाग्न म सवै राजनीतिक दलहरुलाई पनि सल्लाह दिन चाहन्छु। यस्ता फोहरी खेलले मूलुकको कहिले हित गर्दैन । यस्तो खेलले दुर्भाग्य निम्त्याउँछ । यो सरकारलाई कम से कम काम गर्ने मौका दिनुपर्छ । अवश्य पनि नेपालको द्रुत गत्तिको विकासमा यो सरकारले नमूना कार्य गरेर देखाउनेछन्। यसमा कुनै शंका छैन।

नेपालको विकासको बाधक के होला ?
–नेपालको विकासको बाधक भनेकै नेपाली राजनीतिक अस्थिरता हो। यो अस्थिरतावाट मुलुकलाई जोगाउन मात्र सकेमा पनि देश विकासमा महत्वपूर्ण योगदान सावित हुनेछ। अस्थिर राजनीति यतिखेर दूर्भाग्य सावित भैरहेको बर्तमान अवस्थामा नेकपा एमाले नेतृत्वको सरकारले कठिनतापूर्वक १ सय दिन पार गरिसकेको अवस्था रहेको छ। गत बैशाख १२ र २९ गतेको महाभूकम्प र भारतको अघोषित नाकाबन्दीको नेपाली कांग्रेस नेतृत्व सरकार पछिको विरासतमा बनेको यो सरकारको लागि थुप्रै चुनौति रहेको छ। अनेकन चुनौतिलाई सामना गरेर पार गर्दै यो सरकार अघि बढिरहेको छ ।

Ajaya Kranti 5

सरकारको सफलता के मा देख्नुभएको छ ?
–विद्यमान चर्को समस्याको रुपमा रहेको भूकम्पपीडितहरुको लागि पुनःस्थापना नै रहेको छ। यसको लागि पुनःस्थापना प्राधिकरण कानून निर्माण भएर स्थापना हुनु बर्तमान सरकारको उपलव्धीको रुपमा लिन सकिन्छ। भूकम्पपीडितका लागि प्राधिकरणको स्थापना गर्न विधेयक पास हुनु र यसको स्थापना भएर पुनःस्थापना गर्ने कार्यमा चौतर्फी कार्य थालनी हुनु हो। अर्कोतर्फ नेपाली जनताले विगत लामो समयदेखि खेप्दैआएको लोडसेडिङ्गको समस्यालाई न्यूनिकरण गर्न यो एक बर्षभित्र लोडसेडिङ्गको अन्त गर्ने प्रधानमन्त्रीको सपनाले मूर्तरुप लिइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम हाल ऊर्जा उत्पादन र वितरणका सवै विकल्पहरुमा कार्य थालनी भैसकेको छ। जसको प्रत्यक्ष अनुभव नेपाली जनताले चाँडै नै गर्न पाउने भएका छन्। सरकारका १ सय दिनको उपलव्धिमा मुलुकको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा आँच पुग्नेगरी कसैसंग संझौता नगरिएको, तुइनको प्रतिस्थापन गरी झोलुङ्गे पुल निर्माणको अभियान प्रारम्भ भएर २५० बढीको अध्ययन संपन्न हुनु मात्र नभइकन विभिन्न परियोजना निर्माणका लागि ४२ अर्ब बराबरको बैदेशिक सहायतापत्रमा संझौताको रुपमा मैले लिएको छु।
त्यसको अलावा नयाँ संविधान कार्यन्वयनका लागि विभिनन १९३ वटा कानूनको निर्माण प्रक्रिया शुरु हुनुलाई पनि मान्न सकिन्छ। सरकारले भारतीय नकाबन्दीको साहसपूर्वक सामना गरिरहेको छ । सरकारको पहाड जस्तो अटल अडानकै कारण राष्ट्रिय स्वाधिनता, अखण्डतालाई पनि सरकारले साहसपूर्वक प्रतिनिधित्व गरिहेको छ। सरकारको यो सबै भन्दा ठूलो सफलता हो । मुलुकको राष्ट्रिय एकता सामाजिक सद्भाव जस्ता कुरामा पनि सरकारले सकारात्मक पहल गरेको छ । मधेस आन्दोलन सकारात्मक दिशातर्फ उन्मुख हुनु त्यसैको परिणाम हो ।
मुलुकलाई आत्मनिर्भर दिशातर्फ अग्रसर गराउने लगायतका सन्दर्भमा पनि सरकारले सकरात्मक प्रयास गरेको छ। सरकार नेपालको परनिर्भरताको अवस्थालाई केही हदसम्म कम गर्ने दिशामा पनि अग्रसर भएको छ। यस बाहेक दीर्घकालिन योजनाहरु जस्तैः metro train, शहरी यातायातको विकास तथा व्यस्थापन आदि जस्तामा पनि प्रारम्भिक चरणका कार्यहरुको थालनी भईसकेको छ । खानेपानीको समस्या न्यूनीकरण गर्न र काठमाडौं महानगरपालिकालाई विकसित र व्यवस्थीत गर्न थुप्रै योजनाहरु अघिबढिरहेको छ । निकत भविष्यमै काँचुली फेरिन्छ भन्ने विश्वास लिएको छुं।

नेपालमा नेपालीले सहज रुपमा रोजगारी पाउने अवस्था कतिखेर आउला जस्तो छ ?
जब सम्म राजनैतिक रुपमा मूलुक अस्थिर भइरहन्छ मूलुकलाई समृद्ध बनाउन निकै संघर्ष गर्नुपर्ने हुन्छ । अहिले नेपाल सरकारलाई असफल बनाउन चौतर्फी रुपमा विभिन्न तत्वहरुले हमला गरीरहेका छन् । सम्माननीय प्रधानमन्त्रीज्यू नेपाललाई समृद्ध बनाऔं भन्छ विकास विरोधी तत्वहरु मान्छे ताक्छ मूढो बन्चरो ताक्छ घुंडो भनेझैं अनेकन तरीकाले वदनाम गराने प्रर्यत्नमा लागि पर्छन् । यस्तो विडम्बना मूलकुमा यस अघि कहिल्यै भएको थिएन जस्तो लाग्छ । त्यस्ता विकास विरोधि तत्वहरुलाई पराष्ट नगरुञ्जेल नेपालमा विकास गर्न कठिन छ । जव विकासले गति लिन्छ अनि रोजगारीको सिर्जना हुन्छ र मूलुक आत्मनिर्भर बन्न सक्छ । त्यसैले केही बर्ष संविधान कार्यान्वयन गर्न र यसको अभ्यास गदै जांदा केही जटिलताहरु सृजना भईरहने र विभिन्न तत्वहरुले आ—आफ्नो स्वार्थका लागि खेल्ने दुसाहस गर्नेछन् । त्यतिन्जेल नेपालीले के सही के गलत छुट्याउन आफ्नो विवेक प्रयोग गरी विकास विरोधी तत्वहरुलाई पराष्ट गर्न आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्नु पर्ने देख्छु। विकास विरोधि तत्वहरु पराजित भइसकेपछि जब राजनैतिक रुपमा नेपालमा स्थिरता आउने छ अनि रोजगारी पर्याप्त मात्रामा बढ्ने छन् र नेकपा एमालेको बहुमतको सरकारले मुलुकलाई समृद्ध बनाउने छ जस्तो मलाई लाग्छ।

प्रकाशन मिति–२०७२ साल माघ १२ गते मंगलवार ।

Tags: Dr. Ajaya Kranti Shakyaप्रधानमन्त्रीको कुरा गफ होइन... –डा.अजयक्रान्ति शाक्य
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023

Hello world!

59706
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40076
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26421
ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

31 May 2023
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

आलापोट जात्रा भव्य तथा सभ्य ढंगले संपन्न

23 April 2023
हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

23 April 2023

Recent News

ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

31 May 2023
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

आलापोट जात्रा भव्य तथा सभ्य ढंगले संपन्न

23 April 2023
हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

23 April 2023
No Result
View All Result
  • Home
  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.