bhojraj-with-prachandaकाठमाडौ। २५ औ अन्तरराष्ट्रिय अपाङ्ग दिवसको पूर्वसन्ध्यामा विभिन्न राजनीति पार्टीका भातृसंस्थाको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरक्रिया कार्यक्रम संपन्न भएको छ। शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको हरेक तह र तप्कामा अपाङ्गता भएका व्यक्तिको उपस्थिति विना समाज अपूरो तथा अधुरो रहने धारणा व्यक्त गरेका छन्।

bhojraj-with-prachanda-1

१५ बर्षपछि अपाङ्गता भएका व्यक्तिलाई राज्य र सरकारले पेन्सनको व्यवस्था गर्न लागेको पनि जानकारी गराएका छन्। प्रधानमन्त्री कार्यालयको अपाङ्ग डेस्क सल्लाहकार समितिलाई थप क्रियाशील बनाउने प्रतिवद्धता पनि प्रधानमन्त्री दाहालवाट व्यक्त भएको जानकारी अपाङ्ग मानवअधिकारकर्मी भोजराज श्रेष्ठले भिजन संसारसंगको संक्षिप्त कुराकानीमा बताएका छन्।

हासिल गरौ दिगो विकासका १७ लक्ष्य–सुनिश्चित गरौ हामीले चाहेको भविष्य नारा सहित डिसेम्वर ३ तारिखका दिन शनिवार २५ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइदैछ।

प्रकाशन मिति–२०७३ साल मंसीर १७ गते शुक्रबार ।