काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल आज शनिवार चीनको राजधानी बेइजिङ पुगेका छन्।

Puspa Kamal Dahal

साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहाललाई चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवम् नेपाली राजदूतावासका कर्मचारी, नेपाली व्यवसायी एवम् विद्यार्थीले बेइजिङ विमानस्थलमा स्वागत गरेका थिए।

प्रधानमन्त्रीलाई बेइजिङस्थित दियाओयुताई स्टेट गेस्टहाउसमा बस्ने व्यवस्था मिलाइएको छ । विमानस्थलदेखि गेस्ट हाउससम्म पुग्ने सडकको एक खण्ड पूरै खाली गराएर प्रधानमन्त्रीको स्कर्टिङ गरिएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव प्रकाश दाहालले भनेका छन्।

प्रधानमन्त्री दाहाल आजै बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी बनेका छन्। त्यसैगरे्रनेपाली समुदाय तथा दूतावासमा निम्त्याइएका नेपाली समुदाय तथा व्यापारी व्यवसायीलाई सम्बोधन पनि गरेका छन्।

भोली आइतबार चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवम् उच्च नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम प्रधानमन्त्री दाहालको रहेको छ । सोमबार दाहालको चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल आज विहान एशियाका लागि बोआओ मन्चको बार्षिक सम्मेलनमा सम्बोधन पश्चात चीनको बोआओ शहरबाट आजै बेइजिङ पुगेका हुन्।
प्रकाशन मिति–२०७३ साल चैत्र १२ गते शनिवार ।