काठमाडौं। मध्यपुर थिमि निवासी फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ महाभूकम्प संवन्धी एकल तस्बीर प्रदर्शनी भएको छ। विसं.२०७२ साल बैशाख १२ गते महाभूकम्प गएको ६ बर्ष पुगेकै दिन आइतवार मध्यपुर थिमिको निगुपुखुःमा फोटोपत्रकार श्रेष्ठको महाभूकम्प संवन्धी तस्बीर प्रदर्शन संपन्न भएको हो।

मध्यपुर सञ्चार समाजको आयोजनामा राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत फोटोपत्रकार श्रेष्ठले खिचेका तस्वीर विसं. २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पको सम्झनामा तस्बीर प्रदर्शनी भएको थियो। प्रदर्शनीमा ६ सयजनाले अवलोकन गरेको फोटो पत्रकार श्रेष्ठले वताएका छन्।

मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा उदघाटन भएको प्रदर्शनी अवलोकनका लागि बागमती प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका उपमेयर अञ्जनादेवी मधिकर्मी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारण पुगेका थिए।

प्रदर्शनीमा २०७२ को गोरखा भूकम्पबाट क्षति भएका काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रका पुरातात्विक सम्पदा, मठमन्दिर, गुम्बा, सार्वजनिक संरचना, निजी घरलगायत तस्वीर राखिएको थियो।

प्रदर्शनीमा खासगरी धरहरा, वसन्तपुर दरबार, काष्ठमण्डप, स्वयम्भू, जयवागेश्वरी, विश्वरुपा, पाटन दरबार, कुम्भेश्वर, बुङ्मती, इन्द्रायणी, भक्तपुर दरबार क्षेत्रका दत्तात्रय, सूर्यमढीलगायत मध्यपुर थिमिका विभिन्न क्षतीग्रस्त सम्पदा र उद्धारको दृष्यका तस्वीर राखिएको थियो।
प्रकाशन मिति–२०७८ साल बैशाख १२ गते आइतवार ।