काठमाडौं। आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता सम्मान तथा पुरस्कार यो बर्ष आदिवासी जनजाति दुई पत्रकार नृपेन्द्रलाल श्रेष्ठ र रमिता लामालाई प्रदान गरिएको छ। आदिवासी जनजाति पत्रकार महासंघको आयोजनामा फोनिज युके पत्रकारिता सम्मान तथा नगद पुरस्कार जनही २५ हजार सहित श्रेष्ठ र लामालाई प्रदान गरिएको हो।

नेपालका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी तथा फोनिज युकेकी अध्यक्ष गोमा रानाले संयुक्त रुपमा श्रेष्ठ र लामालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्य भएको छ। आयोजक फोनिजका संघीय अध्यक्ष गजुरधन राईको सभापतित्वमा भएको कार्यक्रममा हालसम्म दशजनालाई फोनिज युके सम्मान तथा पुरस्कार प्रदान गरिसकेको जनाएको छ।

सम्मानित तथा पुरस्कृत पत्रकार श्रेष्ठ विसं.२०४९ सालदेखि पत्रकारितामा अनवरत लाग्दैआएका जुझारु पत्रकार हुनभने, लामा पनि विसं.२०४९ सालदेखि सक्रिय पत्रकार हुन्। लामा रेडियो नेपालमा तामाङ भाषामा समाचार बाचन गर्ने पहिलो महिला पत्रकार हुन।

त्यसैगरेर, पत्रकार श्रेष्ठ नेपालभाषाको प्रचलित लिमि म्हसिकाका सम्पादक हुदै हाल लहाना साप्ताहिक तथा लहना न्यूज डटकमका प्रधान सम्पादक तथा प्रकाशकका रुपमा कार्यरत छन्।

 

 

प्रकाशन मिति–२०७९ साल फागुन १३ गते शनिवार ।