काठमाडौ। बंगलादेशका विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको छ।

बंगलादेशको ढाकास्थित एक अदालतले बिहीबार उनलाई पाँच वर्षको जेल सजाय तोकेको हो। ७२ वर्षीया जियाले बंगलादेशको बालबालिकाको संस्थाको रकम हिनामिना गरी भ्रष्टाचार गरेको ठहर अदालतले गरेको छ।

अदालतको यो निर्णयमा नेता जियाले भने आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको प्रतिक्रिया दिएकी छन् । सुनुवाइकाक्रममा अदालत परिसरमा भेला भएका उनका समर्थकहरुले अदालतको निर्णयविरुद्व प्रदर्शन गरेका थिए।

त्यस प्रदर्शनवाट अप्रिय घटना हुनवाट बचाउन प्रहरीले अश्रुग्यास प्रहार गरेका थिए।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल माघ २६ गते शुक्रबार ।