काठमाडौं। विश्वकै उच्च शिखर सगरमाथाको आरोहण बहरानइनको राजपरिवारले पनि गर्ने भएको छ।

बहराइनको राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली चैत २ गते सगरमाथा आरोहणका लागि नेपाल आउने भएको छ ।

बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासलाई सो आरोहण दलका केही सदस्यहरूले भेट गर्दै उक्त जानकारी गराएका हुन् । आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायती नागरिक रहने छन् ।

विशेष विमानबाट नेपाल आउन लागेको उक्त टोली नेपालमा ७९ दिनसम्म बस्ने पनि भनिएको छ।


प्रकाशन मिति–२०७७ साल फागुन २० गते विहीवार ।