Kailash-Gurung-Pilot-of-Nepal-Army
Kailash-Gurung-Pilot-of-Nepal-Army

काठमाडौ। नेपाली सेनाको कार्गो विमान मंगलबार सुदुरपश्चिम नेपाल स्थित बाजुराको कोल्टी विमानस्थलमा अवतरणकाक्रममा दुर्घटना भएको छ। मंगलवार भएको उक्त दुर्घटनामा परेर नेपाली सेनाका पाइलट महासेनानी कैलाश गुरुङको मृत्यु भएको छ। गम्भीर घाइते पाइलट गुरुङको उपचारकाक्रममा कोल्टी अस्पतालमा मृत्यु भएको हो।

Bajura Plain Accident

विमानमा पाइलट गुरुङसहित तीनजना सवार थिए। मृतक पाइलट कैलाश गुरुङको शव र घाइते नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्कालाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौ ल्याइएको छ। दुर्घटनापछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएकी अनिता आलेको स्वास्थ्य अवस्था भने अत्यन्त गम्भीर रहेको चिकित्सकहरुले जनाएका छन्।

सुर्खेतबाट चामल बोकेर हुम्लाको सिमकोटका लागि उडेको ‘एन ए ०४८’ कलसाइन भएको विमान मौसम खराब भएपछि अवतरणका लागि बाजुराको कोल्टी विमानस्थल लगिएको थियो । दिउँसो सवा १२ बजेतिर अवतरणकाक्रममा विमान खेतमा भासिएको र लगत्तै आगो लागेको स्थानीयबासिन्दाले बताएका छन् ।दुर्घटनापछि विमानमा लागेको आगो प्रहरी र स्थानीयवासीले निभाएका थिए । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरेका थिए।

Kailash Gurung Pilot of Nepal Army.
Kailash Gurung Pilot of Nepal Army.

प्रकाशन मिति–२०७४ साल जेष्ठ १६ गते मंगलवार ।