काठमाडौ। एमाले, माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टी वीचको बाम तालमेलमा गडबडी शुरु भएको छ। तीन पार्टी एक भएर एउटै चुनाव चिन्ह प्रयोग गरेर चुनावमा जाने नीति विपरित नयाँ शक्ति पार्टी नेपालले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिह्न ‘देब्रे आँखा’ लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।

Naya Shakti Partyपार्टीको शुक्रबार बसेको संघीय सचिवालयको विस्तारित बैठकले वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्र साझा चुनाव चिह्न प्रयोग गर्ने सहमतिको मर्मविपरीत गएको हुनाले निर्वाचनमा आफ्नै चुनाव चिह्न लिएर सहभागी हुने निर्णय गरेको नयाँ शक्ति केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैठकले संविधानको आधारभूत अन्तरवस्तु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीतालाई अस्वीकार गर्ने राजनीतिक दल, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ। तालमेल भएको क्षेत्रबाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बैठकले निर्णय गरेको छ।

Dr. Baburam Bhattarai-Former Prime Minister of Nepal
Dr. Baburam Bhattarai-Leader of Naya Shakti Party

यसअघि नै निर्णय भइसकेका गोरखा क्षेत्र नम्बर–२ बाट पार्टी संयोजक डा.बाबुराम भट्टराई, कैलाली–३ बाट कृष्णकुमार चौधरी, कपिलवस्तु–१ बाट दानबहादुर चौधरी, रसुवाबाट प्रेम तामाङ र खोटाङबाट मदन राईले उम्मेदवारी दिने निर्णयलाई यथावत् राखिने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशन मिति–२०७४ साल असोज २७ गते शुक्रबार ।