Budget of Nepal 1

काठमाडौ। सरकारले आगामी आर्थिक वर्षका लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारका राजस्व र व्ययको वार्षिक अनुमानित बजेट प्रस्तुत गरेको छ।

व्यवस्थापिका–संसद्को सोमवारको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४-७५ का लागि उक्त रकमको बजेट प्रस्तुत गरेका हुन्।

विनियोजित रकममध्ये रु आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार चालुतर्फ र रु तीन खर्ब ३५ अर्ब १५ करोड ५९ लाख ७० हजार पुँजीगततर्फ छुट्याइएको छ।

Budget of Nepalप्रकाशन मिति–२०७४ साल जेष्ठ १५ गते सोमवार ।