काठमाडौं। बुनियाद गीतका लोकप्र्रिय गीतकार डीपी परिश्रमी सम्मानित बनेका छन्। मोडल सङ्गस नेपालले गीतकार परिश्रमीको अथक योगदानको कदर स्वरुप मोडल सङ्स सम्मान–२०१९ प्रदान गरिएको हो।

गीतकार परिश्रमीका साथमा अनलाईखबरका सह सम्पादक चिरन्जिवी पौडेल, गायक तथा संगीतकार विनोद पछाई र सामाजिक अभियन्ता जुना श्रेष्ठ पनि उक्त सम्मानवाट सम्मानित बनेका हुन्।

सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, आयोजक संस्थाका प्रमुख डेभिल सिंह राजपुत र सल्लाहकार चन्द्रकला न्यौपानेले खादा, दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए।
प्रकाशन मिति–२०७६ साल साउन १९ गते आइतवार ।