काठमाडौंं। छन्दे उपनाम पाएका चर्चित नेपाली हांस्य अभिनेता गोपाल ढकाल र महानायक राजेश हमालको भेटघाट भएको छ।

भेटघाटको क्रममा छन्दे गोपाल ढकाललाई महानायक हमालले हालखवर सोधिहालेपछि छन्दे पनि के कम ? मज्जाले टेन्सन साफ गर्दैछु भनिदिएछन्। छन्देको कुरा सुनेर पत्नी परमेश्वरी मधु भट्टराईतिर हेर्दै मुसुक्क हाँसे र कस्तो टेन्सन साफ भनेर सोधिहालेछन्–हमालको प्रश्नको जवाफमा मौका यही हो भनेर छन्देले मेरो लामो भागको सिरियल टेन्सन साफ हो भनेपछि दुवै बूढाबूढी मज्जाले हाँसे।

अव हाम्रो पनि टेन्सन साफ गर्न वांकी छ भनेर हमाल दम्पत्ति खासखुस गरेजस्तो गरेको छन्देले सुनेपनि नसुनेजस्तै गरेर उठे। समाचार स्रोतका अनुसार हमाल दम्पत्तिको टेन्सन साफ भने उही आमा–बाउ बन्ने कुरा पो हो कि भन्ने अनुमान गरिएतापनि यकिन भने भएको छैन्।

छन्दे गोपाल ढकाल भने भिजन संसार डटकमलाई टेन्सन साफ भने भदौंको पहिलो हप्तावाट युट्युब च्यानलवाट विश्वव्यापी एकसाथ रिलिज हुने बताउंदै थिए।


प्रकाशन मिति–२०७६ साल साउन १९ गते आइतवार ।