लण्डन । बेलायत स्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके(१९९५)को २३औँ साधारण सभाले आगामी२ बर्षका लागि एघारौ कार्य समितिको गठन गरेकोछ। वयस्ट लण्डन, एक्टन स्थित ABI कलेजको समारोह हलमा बसेको परिषद्को २३औ वार्षिक साधारण सभाले कोमल श्रेष्ठ मल्लको अध्यक्षतामा १३ सदस्यीय एघारौ कार्य समितिको निर्वाचन सम्पन्न गरेको हो।

निर्वाचन परिणाम अनुसार नव निर्वाचित पदाधिकारीहरुमा  कोमल श्रेष्ठ मल्ल अध्यक्ष,वरिष्ठ सहअध्यक्षमा ध्रुब केसी,सहअध्यक्षहरुमा डा.गोपाल पौड्याल,गोकुल भण्डारी,रेशमअर्याल हुनुहुन्छ भने उपाध्यक्षहरुमा बाचस्पति रेग्मी, डा.सुधा श्रेष्ठ र बसन्त रायक्षेत्री हुनुहुन्छ। महासचिवमा वीरेन्द्र कुवँर र कोषाध्यक्षमा मनोज अन्जान रहनु भएकोछ भने कार्यकारिणी सदस्यहरुमा हरि केसी, डम्बर सिंह र कल्पना आङ्बुहाङ हुनुहुन्छ।

यसैगरी परिषदको अधिकारसम्पन्न ९ सदस्यीय सल्लाहकार समितिको वरिष्ठ सल्लाहकारमा डा.राघव प्रसादधिताल र सल्लाहकारहरूमा परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजंग शाह, पूर्व अध्यक्षहरू हरिसिँह थापा र खगेन्द्र नेपाली, मदन थापा,घन बहादुरथापा मगर, कृष्ण भट्ट, सोलिसिटर राजुथापा र कमल भण्डारी चयन हुनुभएको छभने बेलायतका लागि नेपाली राजदूत पदेन संरक्षक रहने वैधानिक व्यवस्था रहेको छ।

प्रकाशन मिति–२०७५ साल बैशाख ३१ गते सोमवार ।