काठमाडौ। लायन्स क्लब अफ काठमाडौ स्वनिगःको आयोजनामा मोबाइल एक्युपञ्चर क्लिनिक संचालन भएको छ। काभ्रेको तिमाल माहुरे–४ मा एक्युपञ्चर क्लिनिक संचालन भएको हो।

बैकल्पिक उपचारको अचुक माध्यम एक्युपञ्चर क्लिनिक शुक्रबार र शनिवार संचालन गरिएको जानकारी स्वनिगःका नव–निर्वाचित अध्यक्ष धर्मकुमार श्रेष्ठले भिजन संंसारलाई दिएका छन्।

जापानवाट आएका दुई एक्युपञ्चर डाक्टर केइको मुरायामा र शिहो मिचगमुराको सहभागितामा मोबाइल क्लिनिक संचालन गरिएको पनि श्रेष्ठले बताएका छन्। जसमा श्रेष्ठका साथमा फुरुया युसुके, दीपक श्रेष्ठ, प्रतिक श्रेष्ठ र बुद्धि कुमार श्रेष्ठले भोलियन्टरी सर्भिस गरेका थिए।

मोबाइल क्लिनिकवाट त्यहाँका स्थानीय १ सय ११ जना लाभान्वित बनेको जानकारी पनि श्रेष्ठले दिए।
प्रकाशन मिति–२०७५ साल बैशाख ३१ गते सोमवार ।