लण्डन। बेलायतमा ११ औं नेपाल मेला भएको छ। तमु धी एशोसियसन युकेको आयोजनामा नेपाली मेला २०१९ भएको हो।

हाम्रो संस्कृति, हाम्रो पहिचान र हाम्रो गौरब नारा बोकेको यस नेपाल मेलामा नेपालका मौलिक अनि नेपाली पहिचानरुपी लाखे नाच विशेष नै बनेको छ। बेलायतका नेपाली लाखे नामले समेत व्यापक नामी बनेका अग्रज कलाकार विनोद चिपालुको लाखे नाच यो बर्षको नेपाल मेलामा व्यापक आकर्षणको विषय बन्यो।

नेपालमा इन्द्रजात्राको अवसरमा नाचिने विश्व विख्यात लाखे नाचलाई बेलायतमा प्रस्तुत गरेर लाखे नाचको व्यापक प्रवद्र्धन गर्ने कार्य कलाकार चिपालुवाट भएको छ। नेपाल मेलामा विगत ११ बर्षदेखि निरन्तर लाखे नाच नाचेर गौरबता राख्ने कार्य पनि नेपाली लाखे विनोद चिपालुवाट भएको छ।

नेपाली लाखे विनोद चिपालुको लाखे नाचमा भैरबनाथ नाचले पनि प्रशशा पाएको छ। लाखे नाचका साथमा सुशील प्रजापतिले भैरबनाथ नाच प्रस्तुत गर्दा सुनमा सुगन्ध थपिएको अनुभव गरिएको छ। लाखे नाच र भैरबनाथ नाचमा व्यापक रौनकता र उत्सुकता बेलायतमा रहेका नेपाली तथा बेलायतीहरुमा बढ्ेको सवैले अनुभव गरेको पाइयो।

नेपाल भ्रमण बर्ष २०२० लाई समेत पुट दिने हिसावले आयोजित नेपाल मेलामा नेपाली लाखे विनोद चिपालुलाई योगदानको कदर स्वरुप आयोजक तमु धी एशोसियसन युकेले विशेष सम्मान प्रदान गरिएको थियो। सम्मान नेपालवाट बेलायत आएका नेपालको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङवाट गरिएको थियो।


प्रकाशन मिति–२०७६ साल भदौ १९ गते विहीवार ।