काठमाडौं। नेपालको सरकारी कार्यालयको अवस्थामा खासै सुधार हुन सकेन। स्तरोन्नतिको लागि करोडौ बजेट सरकारी कार्यालयमा हुने भएतापनि ती सरकारी कार्यालयको स्तरोन्नति भने भएको देखिएन। दूरदराजको कुरा त परैको हो।

काठमाडौंका कतिपय सरकारी कार्यालयहरुको स्तरोन्नतिमा कुनै सुधार भएको पाइएन। अझ धेरै सेवाग्राही आउने सरकारी कार्यालयहरुको अवस्था त झन विकराल रहेको छ। काठमाडौंको सतुंगल स्थित मोटरसाइकलको यातायात व्यवस्था कार्यालय जनै जोकोही सेवाग्राहीहरु पनि हैरान बन्ने गरेको पाइन्छ।

विशेषत मोटरसाइकल नामसारी गर्न जाने क्रममा फाइल खोज्न सेवाग्राहीहरु त्यहाँ पुग्दा निक्कै नै हैरानी खेप्नु पर्ने गर्दछ। साँघुरा अफिस कोठा तथा जस्ताले बारेका टहराहरुमा सेवाग्राहीहरुका लाखौं लाख पर्ने हजारौ हजार मोटरसाइकलका कागजपत्र भएका फाइलहरु राख्ने गरेको पाइन्छ।

जहाँ फाइल खोज्न निक्कै गाह्रो मात्र नभइकन ती फाइल राखेका कोठामा छिर्न मोटा मान्छेहरुलाई त कठिन नै हुने गरेको छ। जस्ताका टहरामा रहेका फाइल कोठामा फाइल खोज्न कर्मचारीसंगै पुगेका सेवाग्राहीको फाइलमा नै परेवा मरिरहेको भेटियो। धन्न ! चर्को घामले जस्ता तातिएको कारण मरेको परेवामा कीरा नपरेको कारण फाइल सुरक्षित भेटियो।

अन्यथा फाइल कीराको संक्रमणले नष्ट हुने संभावना धेरै थियो। विरालोले परेवा मारेर ल्याएर त्यस जस्ताले बेह्रिएको टहरा फाइल घरमा छाडिएको हुनुपर्ने कर्मचारीको अनुमान रहेको छ। कर्मचारीहरुलाई पनि काम गर्न कठिनाइ भएको अफिस संरचनाले कर्मचारीहरु पनि मारमा रहेको पाइएको छ।

३ नंबर प्र्रदेश सरकार अन्तर्गत रहेको मोटरसाइकल यातायात व्यवस्था कार्यालय सतुंगलको दूरअवस्थाले सेवाग्राहीलाई अनाहकमा सास्ती हुंदैआएको छ। हजारौ हजार ती फाइलहरुलाई कम्प्युटराइज गरेर सहज र सरल बनाउने प्रक्रिया यस कार्यालयमा भएको पाइएन। यस संवन्धमा संवन्धित कर्मचारीहरु पनि त्यति बोल्न रुचाएको पाइएन।


प्रकाशन मिति–२०७६ साल भदौ १९ गते विहीवार ।