लण्डन। बेलायती प्रधानमन्त्री बेरिस जोन्सनले कोरोनाभाइरसको महामारीका कारण बेलायतमा गरिएको लकडाउनलाई केही खुकुलो बनाउने संकेत गरेका छन्।

प्रधानमन्त्री जोन्सनले १५ जुन पछि अति आवश्यक खुद्रापसलहरु खोल्न दिइने बताएका छन्। पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री जोन्सनले उक्त जानकारी दिएका हुन। तर, सबै पसलले सरसफाइ गर्नैपर्छ र सामाजिक दुरी कायम भने गर्नैपर्छ।

जोन्सनले आउटडोर बजार तथा कार शो रुमहरु जुन १ बाट खोलिने बताए। यसअघि जोन्सनले देश अब कोरोना महामारीसँग जुध्न दोस्रो चरणका लागि तयारी अवस्थामा रहेको बताएका थिए।

त्यसैगरी जोन्सनले जुन १ देखि बेलायतमा बच्चाहरुको स्कुल खोल्ने बताएका छन्।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७७ साल जेठ १३ गते मंगलवार ।