लण्डन । बेलायतमा नेपालीहरु माझ गोर्खा कप 2021 टुर्नामेन्ट अत्यन्त लोकप्रिय रहेको छ। यो लोकप्रिय गोर्खा कप 2021 टुर्नामेन्ट यो बर्ष आगामी जुलाई २४ बाट हुने भएको छ।

बेलायत सरकारले जुन २१ देखि बेलायतमा लकडाउन हटाउने निर्णय गरेका कारण गोर्खा कपलाई निरन्तरता दिने निर्णय गरिएको आयोजक तमुधिँ युकेका अध्यक्ष हितकाजी गुरुङको भनाई छ।

गत वर्ष लकडाउनका कारण तमुधिँ युकेले आयोजना गर्ने ठूला कार्यक्रमहरु गोर्खा कप र नेपाली मेला दुवै हुन सकेको थिएन । तर यस वर्ष भने गोर्खा कप र नेपाली मेला दुवै सन्चालन गर्ने निर्णय गरिएको अध्यक्ष गुरुङले भनेका छन्।

अल्डरसटस्थित क्वीन्स एभेन्यूमा हुने गोर्खा कप टुर्नामेन्टका लागि खेल मैदानको तय भैसकेको पनि आयोजक समितिले जनाएको छ।
प्रकाशन मिति–२०७७ साल फागुन २७ गते विहीवार ।