sexual-monotonyलण्डन। बेलायतको लिड्सस्थित होलबेक इलाकालाई कानूनी रुपमा पहिलो पल्ट रेड लाइट एरिया घोषणा गरिएको छ।

होलबेकमा यौनकर्मीहरुले अव १२ घण्टा विना रोकतोक आफ्नो व्यापार गर्न सकिने बेलायती प्रहरीले जनाएको छ। प्रहरीको यो कदमलाई बेलायतमा देह व्यापारलाई व्यवस्थित रुपमा नियन्त्रण गर्न खोजिएको राम्रो प्रयास भनेर यहाँका अधिकारकर्मीहरुले बताएका छन्।

बेलायतमा यौन व्यापारलाई गैह्रकानूनी मानिदैन। यद्यपि सार्वजनिक स्थानमा गैह्रकानूनी मानिन्छ। अव भने सांझ ७ वजेदेखि विहान ७ वजेसम्म विना रोकटोक यौन व्यापारीले यौन व्यापार गर्न सक्ने भएको छ।
प्रकाशन मिति–२०७३ साल बैशाख १ गते बुधवार ।