लण्डन। बेलायतका विदेशमन्त्री जेरोमी हन्टले इरानले बेलायती झन्डायुक्त ट्यांकर गल्फ क्षेत्रबाट नियन्त्रणमा लिएको बताएका छन् ।

नियन्त्रणमा लिएको ट्यांकर तत्काल नछाडे इरानले गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी पनि मन्त्री हन्टले दिएका छन् । यसले अमेरिकासँगको सम्बन्ध तनावको उत्कर्षमा रहेका बेला बेलायतसँग पनि इरानको सम्बन्धमा तनाव देखिएको हो।

इरानको उत्तरतर्फ जाँदै गरेको समुद्री ट्यांकरमा २३ जना रहेको जनाइएको छ। सो ट्यांकरलाई चारवटा पानी जहाज र एउटा हेलिकोप्टरले घेरेर राखेको विदेश मन्त्री हन्टले बताएका छन् ।

इरानले लाइबेरियाको झण्डायुक्त ट्यांकर पनि नियन्त्रणमा लिएको थियो। तर हाल सो ट्यांकर मुक्त भएको र आफ्नो यात्रा नियमित गरेको हन्टले उल्लेख गरेका छन्।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल साउन ४ गते शनिवार ।