harry-megan-mainलण्डन। बेलायती राजकुमार ह्यारीको प्रेमसम्बन्ध र विवाहलाई लिएर बेलाबेलामा विभिन्न तरंग आउने गरेको छ । ह्यारीको प्रेमसम्बन्ध र प्रेमिकाका कारण बेलायती राजपरिवार समेत हैरानीमा पर्ने गरेको छ।

३६ वर्षीया हलिउड अभिनेत्री मेघन मार्कललाई ह्यारीले प्रेमिकाका रूपमा रोजेपछि बेलायती राजपरिवारमा विभिन्न मत देखिएको हो । ह्यारी र मेघनको प्रेमसम्बन्ध बाहिरिएपछि मेघनमाथि पनि विभिन्न दबाब परेको छ । पछिल्लो समय उनलाई अभिनयबाट अलग हुन आग्रह गरिएको छ । तर, यो कुरामा उनी सहमत देखिएकी छैनन् ।

मेघन अभिनय क्षेत्रमा लागिरहने हो भने उनीबाट अलग हुन ह्यारीलाई पनि राजपरिवारबाट दबाब आएको सार्वजनिक भएपछि उनीहरूको प्रेमप्रसंगले पुनः चर्चा पाएको हो । ह्यारी पनि विवाहपछि मेघनले अभिनयलाई निरन्तरता दिए हुन्छ भन्ने पक्षमा छन्, जुन मेघनको पनि चाहना हो। निकै संघर्ष गरेर हलिउडमा स्थापित भएकी अभिनेत्री मेघनले अब राजपरिवारका रूपमा रहने कि अभिनयलाई निरन्तरता दिने हो, चासोको विषय बनेको छ।

यस विषयमा उनले कुनै प्रतिक्रिया दिएकी छैनन्। उनी भने विवाहित महिला हुन् । सात वर्ष लामो अफेयर्सपछि उनले प्रेमी टेभोर एंगेलसेनसँग सन् २०११ मा विवाह गरेकी थिइन् । जमैकामा लगभग २० मिनेटमा उनीहरूको वैवाहिक कार्यक्रम सम्पन्न भएको थियो । तर, उनीहरूको वैवाहिक सम्बन्ध दुई वर्ष पनि चल्न सकेन । विवाहपछि मेघन एउटा सिरिजको छायांकनका लागि छुट्टै राज्यमा बस्नु परेपछि त्यही असमझदारीका कारण उनीहरू अलग भएका थिए । मेघनका पूर्वपति टेभोर चलचित्र निर्माता हुन् ।मेघन डिभोर्सी भएकाले ह्यारीसँग उनको सम्बन्ध कस्तो होला भनेर प्रश्न पनि त्यत्तिकै उठ्ने गरेको छ।

तर, ह्यारी र मेघन अहिले गहिरो प्रेमसम्बन्धमा रहेको बताइएको छ । विवाहअगाडि पनि मेघन निकै विवादास्पद बनेकी थिइन् । एकपटक राजपरिवारले आयोजना गरेको कायक्रममा आउन लागेकी मेघनलाई महारानीले दरबार प्रवेशमा निषेध गरे पनि कार्यक्रममा सहभागी भएर महारानीको अपमान गरेको आरोपसमेत लागिसकेको छ। तर, अहिले भने उनलाई बेलायती राजदरबारमा आउनजान कुनै रोकतोक छैन।

मेघन हलिउडकी अभिनेत्री एवं गायिका सेलेना गोमेजको मिल्ने साथी हुन् । मेघनकी आमा अमेरिकी काला जातिकी महिला हुन् । उनका बुवा आइरिस नागरिक एवं गोरा जातिका हुन् । मेघन ६ वर्षको हुँदा उनको अभिभावकको डिभोर्स भएको थियो । आमाबाबा सानैमा अलग भएकाले बाल्यकालमा उनले आर्थिक समस्या भोग्नु परेको थियो। तर, निकै संघर्षका साथ हलिउडमा स्थापित मेघनले आफूलाई साथ दिन राजकुमार ह्यारी तयार रहेको बताएकी छन् ।

harry-megan-main.1प्रकाशन मिति–२०७४ साल भाद्र १६ गते शुक्रबार