Belayati Sansadकाठमाडौ। बेलायतमा बेलायत लेवर पार्टीकी सांसद जो काक्सको गोली प्रहारवाट मृत्यु भएको छ। उत्तरी बेलायतको चुनावी क्षेत्रमा एक मिटिङ्गमा रहेकी काक्समाथि बन्दुकधारीले गोली तथा चक्कु प्रहार गरेर आक्रमण गरेको प्रहरीले जनाएको छ।

सांसद काक्सलाई हमला गर्ने एक जनालाई प्रहरीलेले गिरफ्तार गरेको छ र उनको घरवाट हतियार बरामद गरिएको बीबीसीले जनाएको छ। हमला गर्ने हमलाकार अविवाहित तथा ५२ बर्ष उमेरको भएको पनि भनिएको छ।

घटनाक्रम अनुसार एक पुस्तकालयमा जारी मिटिङ्गमा बाहिर बसेका दुई जनाको झगडामा काक्सले मिलाउन पुगेकी थिइन्। त्यसलगतै हमलाकारले बन्दूक निकालेर फायरिङ्ग गरेपछि सांसद काक्स सडकमा ढलेकी थिइन्। त्यसको लगतै उनीमाथि चक्कु प्रहार भएको थियो।
प्रकाशन मिति–२०७३ साल असार ३ गते शुक्रबार।