लण्डन। बेलायती सेनाको उच्च पदमा नेपाली युवती भर्ती भएकी छन्। भूतपूर्व गोर्खा सैनिक बाबुकी छोरी २७ वर्षीया दन्त चिकित्सक अंशु गुरुङ बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी हुन्।

अंशु पोखरा महानगरपालिका वडा नम्बर २२ भुम्दी घर भएका ६ गोर्खा राईफलका ‘कलर सार्जन’ अमर गुरुङ र भुम्दिकोट समाज यूके आमा समूहकी अध्यक्ष सुकु गुरुङकी कान्छी छोरी हुन्। गुरुङ परिवार बेलायतमा फार्नबरोमा बस्दै आएका छन् ।

गत वर्ष बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक (डेन्टिस्ट)को अध्ययन पूरा गरेपछि अंशु बेलायती सेना प्रवेश गरेकी थिइन् । बेलायती सेनाको उच्च पदमा भर्ती भएकी अंशु संभवत नेपाली युवतीमा पहिलो नै हुन पुगेको छ।
प्रकाशन मिति–२०७७ साल मंसीर ८ गते सोमवार ।