lamjung-mahotsaw-3

बेसीशहर । लमजुङ्गको सुन्दरी नगरी बेसीशहरमा पाँचौ लमजुङ्ग महोत्सव शुरु भएको छ। लमजुङ्ग उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबारवाट शुरु भएको महोत्सव पुष ३ गतेसम्म हुने भएको छ।

दनाइँफाँटमा औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरिएको थियो। त्यसअघि बेसीशहरमा विभिन्न जनजातिको भेषभूषा झल्किने पहिरन तथा बाजागाजाका साथमा र्याली निकालिएको थियोविभिन्न जातजातिको झाँकी र मौलिक संस्कृति मिश्रित झाँकी बेंसीसहरको सहजी खेलमैदानबाट सुरु भएर मनाङे चौतारा, पुरानो बैंक चोक, नारायणस्थान, शेरा भएर महोत्सवस्थल दनाइँफाँटमा टुंगिएको थियो।

‘उद्योग, व्यापार, पर्यटन, तथा कृषिको प्रबर्द्धन, जलविद्युत लगानी र संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ सुरु गरिएको महोत्सवले जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने लक्ष्य लिइएको महोत्सव आयोजक समितिका संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठले बताए।

lamjung-mahotsaw-1महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि तथा जडीबुटी प्रर्दशनी, फोटो तथा बृत्तचित्र प्रर्दशनी, परम्परागत खाना महोत्सव, जातीय एवं साँस्कृतिक संग्रहालय राखिएको छ। महोत्सवको उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरेका छन्।

महोत्सवको कूल २ सय स्टल रहेको स्टल रहेको स्टल ब्यवस्थापन उपसमितिका संयोजक प्रेमलाल श्रेष्ठले बताए । उनका अनुसार १ सय ५० वटा ब्यवसायिक स्टल र १५ वटा होटलका छन्। बाँकी स्टल सेवाप्रदायक सरकारी कार्यालयका विभिन्न प्रदर्शनीहरु राखिएका छन्।

महोत्सवस्थलमा नेवार, गुरुङ, मगर, तामाङ, ह्योल्मो, कुमाल र चेपाङका घरहरु बनाएर संग्रहालयको रुपमा प्रदर्शन गरिएका संग्रहालय ब्यवस्थापन उपसमितिका संयोजक विकास श्रेष्ठले बताए।

lamjung-mahotsaw-2प्रकाशन मिति–२०७३ साल मंसीर २५ गते शनिवार ।