No Vehicles

काठमाडौ। बैशाख ३१ गते आइतवार हुन गैरहेको पहिलो चरणको स्थानीय चुनावका दिन कुनैपनि प्रकारका सवारी साधन चलाउन नपाइने भएको छ। सवारी सन्चालन निषेध गरिएको छ। बिहान पाँच बजेदेखि बेलुका सात बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन ठप्प हुुनेछन्।

निर्वाचन आयोगले सवै मतदातालाई अनिवार्य मतदाता परिचय पत्र लागू गरेको अवस्थामा सार्वजनिक तथा निजी सवारीसाधन ठप्प गरेर मतदान गर्नु र गराउनु नहुने आवाज उठिरहेको भएतापनि विगतका निर्वाचनमा जस्तै यसपालिको स्थानीय चुनावमा पनि सोही कुरालाई निरन्तरता दिइएको छ।

सवारी साधन चलाउन नपाइने भएपछि कतिपय टाढाका मतदान केन्द्रमा मतदाताहरु हिडेर पुग्न नसक्ने जस्ता प्राविधिक समस्याहरु विगतमा देखिएकै हो। यद्यपि, सुरक्षा स्थितिलाई ध्यान दिएर यसो भनेको भनिएतापनि सर्वसाधारणले भने यस कुराप्रति विरोध नै जनाएको पाइएको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख २९ गते शुक्रबार ।