Busकाठमाडौ। बैशाख ३१ गतेको स्थानीय निर्वाचनको लागि काठमाडौ छाड्नेहरुको संख्यामा बृद्धि भएको छ। विभिन्न जिल्लाबाट व्यापार एवं रोजगारका सिलसिलामा उपत्यकामा रहेका सर्वसाधारण बाहिरिएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १० दिनयता मात्रै उपत्यका बाहिरिने यात्रुको संख्या सात लाख पुगेको छ ।

वैशाख १९ गतेदेखि बिहीबारसम्म दैनिक ७० देखि ८१ हजारको संख्यामा सर्वसाधारण उपत्यकावाट बाहिरिएका छन्। महाशाखाका अनुसार विगत १० दिनमा चार लाख ३० हजार सात सय ७४ जना सर्वसाधारण उपत्यका भित्रिएका छन्।

यी यात्रु रात्री र दिवा सेवा दुवैबाट उपत्यका बाहिरिएका र भित्रिएका हुन्। ठूलो संख्यामा मानिस बाहिरिएसँगै उपत्यकामा चहलपहल कम देखिएको छ । सवारीसाधन चापमा समेत कमी आएको महाशाखाले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख २९ गते शुक्रबार ।