No Mobile

काठमाडौ। निर्वाचन आयोगले बैशाख ३१ गते आइतबार हुने स्थानीय निर्वाचनका सबै मतदान केन्द्रमा मोबाइल फोन लान निषेध गरेको छ । निर्वाचन अधिकृत बाहेक अरु कसैले पनि मोबाइल फोन साथमा लिएर मतदान केन्द्रमा जान नपाउने निर्वाचन आयोगले जनाएको छ।

गोपनियतालाई मध्यनजर गरेर मतदानलाई गोप्य र अझ सुरक्षित बनाउन यसो गरिएको आयोगले भनेको छ। कसैले मतदान गरेको प्रमाण स्वरुप फोटो खिचेर ल्याऊ भन्नसक्ने भएकाले मतदातालाई मोबाइल नै लान नदिने निर्णय गरिएको आयोगको भनाई रहेको छ।

मतपत्र लिनुअघि नै मोबाइल साथमा राख्न नहुने भनिएको छ। मोवाइल बोकेर आउने मतदाताहरुले मतदान केन्द्र बाहिरै मोवाइल सुरक्षाकर्मी या आफन्तलाई दिएरमात्रै मतपत्र लिएर गोप्य मतदान गर्नुपर्ने कडा नियम बनाइएको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख २९ गते शुक्रबार ।