काठमाडौं। भक्तपुरको मध्यपुर थिमी नगरपालिका स्थित ऐतिहासिक जिब्रो छेड्ने जात्राको नगरी बोडेको आश्रममा सहयोग कार्यक्रम भएको छ। लायन्स क्लव अफ काठमाडौं टेम्पल बारामास्ताको आयोजनामा बोडेको श्रीद्योमा जगत आश्रममा आश्रित बृद्ध–बृद्धाहरुलाई बुधवार सहयोग कार्यक्रम भएको हो।

बोडे नगरीमा जन्मेर बोडेको विकासमा अनवरत तल्लिन नेपालका ख्यातिप्राप्त मेकअप आर्टिष्ट जुम्ल्याहा दिदीबहिनी गंगा ज्योँ श्रेष्ठ तथा जमुना ज्योँ श्रेष्ठको संयोजकत्वमा लायन्स क्लव अफ काठमाडौं टेम्पल बारामास्ताले सहयोग कार्यक्रम गरेको जानकारी चार्टर प्रेसिडेन्ट रितु महर्जनले भनेकी छन्।

सहयोग कार्यक्रममा लत्ता–कपडा, नगद,खाद्यान्न सामाग्री लगायत सरसफाई, हेअर कटिङ, मेनुकेअर तथा पेडीकेअर गरिएको थियो। कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियनको सहभागिता पनि रहेको थियो।

प्रकाशन मिति–२०७६ साल असोज ९ गते विहीवार ।