काठमाडौं। सशस्त्र द्वन्द्वकालमा आफ्ना छोराको हत्यामा संलग्नलाई सजाय माग गर्दै अनशन बसेका गोरखाका नन्दप्रसाद अधिकारीको मृत्यु भएको सोमवार पाँच वर्ष पूरा भएको छ।

न्यायका लागि भन्दै पटकपटक अनशन बस्दै आएकी उनका श्रीमती गङ्गामाया वीर अस्पतालमा उपचाररत रहेकी छन्।


श्रीमान् र छोरा गुमाएको वर्षौ बित्दापनि आफूले न्याय पाउन नसकेको गुनासो गर्दै आफ्नो लागि अब न्याय मरिसकेको भन्दै अन्तर्राष्ट्रिय

अदालतको ढोका ढकढकाउनुको अव विकल्प नभएको बताएकी छन्।
नन्दप्रसादको शव हालसम्म पनि अस्पतालमै रहेको छ र न्याय नपाएसम्म दाहसंस्कार नगर्ने उनको अडान पनि कायम नै छ।
(बीबीसी समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल असोज ८ गते बुधवार ।