काठमाडौं। नेपालको पश्चिमी पहाडी दुई जिल्ला गोरखा र लमजुङ आसपास भूकम्प गएको छ। बिहीबार साँझ ६ बजेर ४९ मिनेटमा गोरखा र लमजुङको सिमाना केन्द्रविन्दु भएर भूकम्पको धक्का मापन भएको हो।

उक्त धक्का ४.७ म्याग्निच्यूडको भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार, भूकम्पको केन्द्रविन्दु गोरखाको खरिबोटको उत्तरतिर रहेको थियो। भूकम्पको धक्का गोरखा र लमजुङसँगै नवलपरासी, रुपन्देही, पाल्पालगायतका जिल्लामासमेत महसुस गरिएको छ।

गोरखाको बारपाक केन्द्रविन्दु भएर विसं.२०७२ साल बैशाख १२ गते ७.६ म्याग्निच्यूडको शक्तिशाली महाभूकम्प गएको थियो। जसले धनजनको ठूलै क्षति गरेको थियो। नयाँ भूकम्प नभइकन सोही महाभूकम्पको पराकम्प मात्र भएको केन्द्रको भनाई रहेको छ।
प्रकाशन मिति–२०७६ साल असोज ९ गते विहीवार ।