Swastha Samaj Nepal News 5काठमाडौ। काठमाडौको उत्तरी भेग गोकर्णेश्वर नगरपालिका वडा नंबर–४ गोकर्णस्थित स्वस्थ समाज नेपालमा बौद्धिक अपाङ्गता भएका बाल–बालिकाहरुको उचित स्याहार–सुसार तथा शिक्षाको पहल कार्य प्रारम्भ गरेको छ। स्वस्थ समाज नेपालको कार्यालयमा निर्मित टहरावाटै ती बालबालिकाको लागि हाललाई जसोतसो डे–केयर प्रारम्भ गरिएको हो।

Swastha Samaj Nepal News 1हाललाई दश जना बौद्धिक अपाङ्गता भएका बालबालिकावाट डे–केयरको रुपमा कार्य प्रारम्भ गरिएको जानकारी स्वस्थ समाज नेपालकी अध्यक्ष सीता श्रेष्ठले जानकारी दिएकी छन्। स्रोत–साधन र आर्थिक अभावका कारण चाहेर पनि पूर्णकालिन सेवा प्रदान गर्न आफूहरुले नसकेको अध्यक्ष श्रेष्ठले भनेकी छन्।

Swastha Samaj Nepal News 2निःशुल्क रुपमा डे–केयरको संचालन गर्ने योजना भएतापनि आर्थिक अभावले गर्दा न्यून शुल्कवाट डे–केयर संचालन गरिएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिएकी छन्। न्यून शुल्कवाट हाललाई जोरपाटी देखि गोकर्णसम्मका बौद्धिक अपाङ्गता भएका बालबालिकालाई ल्याउन तथा लैजान यातायात खर्च पनि नपुगेको तितो यथार्थता रहेको छ। मासिक यातायात खर्च मात्र बसले ४५ हजार लिने गरेको छ।

Swastha Samaj Nepal News 4त्यस खर्चलाई जोहो गर्न पनि अत्यन्त धौ धौ पर्ने गरेको पनि अध्यक्ष श्रेष्ठको भनाई रहेको छ। बौद्धिक अपाङ्गता भएका बाल–बालिकाहरुको उचित स्याहार तथा शिक्षा–दीक्षा दिने कार्य तालिम प्राप्त शिक्षिका सुनिता बर्मावाट भैरहेको छ। सुनिता बर्माको सिकाइवाट कतिपय बौद्धिक अपाङ्गता भएका बालबालिकामा केही भएपनि चेतना आएको पाइएको छ।

कुनैपनि संकेत गर्न नजान्ने तथा एकोहोरो टोलाउने र दिसा–पिसाव आएको थाहा पनि नपाउने बौद्धिक अपाङ्गता भएका बालबालिकामा केही सुधार आउन थालेको छ। उचित स्याहार–सुसार र त्यसअनुरुपको शिक्षा दिन सकेमा बौद्धिक अपाङ्गता भएका बालबालिका पनि भोलिको कर्णधार बन्न सक्ने अठोट शिक्षिका सुनिता बर्माको रहेको छ।

Swastha Samaj Nepal News 3आफ्नो १९ बर्षको छोरो प्रकाश बर्मा पनि बौद्धिक अपाङ्गता भएको कारण आफू यसतर्फ आफ्नो छोरा जस्ता सवैका छोरा–छोरीलाई उचित स्याहार–सुसार र शिक्षा दिने प्रण अनुरुप तालिम लिएर यसतर्फ लागेको बर्माले भनेकी छन्। दुःखीले दुःखीलाई हेर्न र देख्न सक्छन भन्ने धारणाकी सुनिता बर्मा बौद्धिक अपाङ्गता फरक अपाङ्गता मानिने गरेको भन्छिन्। जसले बोल्न त्यति नजान्ने र तुरुन्तै प्रतिक्रिया दिन नसक्ने जस्ता बौद्धिक अपाङ्गता हुने भएकोले यस्ता बौद्धिक अपाङ्गता भएकाहरुको लागि उचित स्याहार–सुसार र शिक्षादीक्षा दिन अरुलाई भन्दा कठिन हुने गरेको बर्माको भनाई रहेको छ।

Teacher Sunita Barma
Teacher Sunita Barma

अपाङ्गतामा फरक अपाङ्गता भएका बालबालिकाको लागि समर्पित अनि लक्षित स्वस्थ समाज नेपाल यतिखेर आर्थिक अभावको चपेटामा परेको छ। सामान्य दानदातव्यतावाट चलेको यस संस्थामा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि सहयोग गर्न चाहनु हुनेहरु दाताहरुलाई निम्न ठेगानामा सिधा संपर्क राख्न पनि संस्थाले भनेको छ। संपर्क गर्ने सिधा मोवाइल नंबर-9841958266

प्रकाशन मिति–२०७४ साल जेष्ठ १९ गते शुक्रबार ।