Prasuna Kandel- Nurse cum Actress of Jeegishaa
Prasuna Kandel- Nurse cum Actress of Jeegishaa
Actor Dhurba Dutta in Geeghishaa
Actor Dhurba Dutta in Geeghishaa

Dhurba Dutta with Prasuna Kandel in UK

लन्डन । बेलायतको राजधानी लन्डनस्थित नेपाली दूतावासमा सोमबार दशौं नेपालको गणतन्त्र दिवस मनाइएको छ। सयौं नेपाली तथा विदेशी सहभागी उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालमा गणतन्त्रको अभ्युदय र नागरिक हक अधिकार प्राप्तिका निम्ति जीवन उत्सर्ग गर्ने प्रातः स्मरणीय शहीदहरुमा श्रद्धान्जली अर्पण गर्दै गणतन्त्र दिवसले लोकतान्त्रिक गणतन्त्रको उज्यालोमा नेपाल आर्थिक समृद्धि, सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वको महान गन्तव्यमा पुग्ने विश्वास व्यक्त गरे।

Gantanra Day in Uk.1

Dhurba Dutta with Prasuna Kandel in UK.1

राजदूत सुवेदीले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको सन्देश पनि सुनाएका थिए।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन नेपाल सरकारले प्रत्येक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउंदै आएको छ।

दूतावासले आयोजना गरेको कार्यक्रममा बेलायतमा शिक्षा, व्यापार व्यवसाय, कला, संगीत, पर्यटन, चिकित्सा, इन्जिनियरिङ र पत्रकारिता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेका सफल १० व्यक्तित्वलाई सम्मान गरिएको छ।

Gantanra Day in Ukसम्मानित हुने हरुमा ब्लाइन्ड रक्सकी श्रृष्टि केसी, नर्स एवम् जीगिषा नाटकको अभिनेत्री प्रसुना कंडेल, जीगिषा नाटककै अभिनेता ध्रुब दत्त, पत्रकार भगिरथ योगी, इन्जिनियर राजकुमार त्रिपाठी, दन्त चिकित्सक डा. कपिल रिजाल, व्यवसासीहरु बिराज भट्ट, ओजेश सिंह, विद्यार्थी अभियन्ता प्रणय शाक्य, अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका गोर्खा हरिबहादुर बुढामगर, मिस यूके नेपाल २०१६ टेनिसा राना रहेका छन्।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १६ गते मंगलवार ।