काठमाडौं। उपत्यकामा निषेधाज्ञा जारिरहेको विषम परिस्थितिमा पनि उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीहरूलाई सहजरूपमा रगत उपलब्ध गराउन ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) गोकर्णेश्वर नगर समितिको आयोजनामा चामुण्डा मन्दिर परिसरमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

जम्मा ३२ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेको सो कार्यक्रममा रक्तदान गर्ने सम्पूर्ण रक्तदाता तथा आयोजक, सहयोगीहरूलाई विषम परिस्थितिमा समेत रक्तदान गरेर मानवीय सेवामा पुर्याएकोमा ब्लोदानले हार्दिक धन्यवाद दिएको छ।

ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान.ले अहिलेको परिस्थितिलाई ध्यानमा राखी रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा घर घरमा नै गई रगत संकलन गर्ने कार्यक्रम शुरु गरिएको कार्यक्रमका संयोजक मचाकाजी महर्जनले वताएका छन्।
प्रकाशन मिति–२०७७ साल भाद्र १४ गते आइतवार ।