भक्तपुर। भक्तपुरको ऐतिहासिक पच्पन्नझ्याले दरबार सर्वसाधारणका लागि खुल्ला गरिएको छ। विसं.२०७२ बैशाख १२ गते आएको महाभूकम्पपछि बन्द भएको दरबार भक्तपुर नगरपालिकाले सर्वसाधारणलाई अवलोकन गर्न मंगलवारबाट खुल्ला गरेको हो।

उक्त दरबार हप्ताको दुई दिनमात्र खुल्ला गरिएको नगरपालिकाले जनाएको छ। प्रत्येक मङ्गलबार र शुक्रबार सर्वसाधारणका लागि खुल्ला गरिएको हो। दरबारभित्र प्रवेश गर्न सर्वसाधारणलाई प्रतिव्यक्ति रु २० र विद्यार्थी सहुलियत शुल्क रु १० को टिकट लिएर अवलोकन गर्न पाइनेछ।

नगरपालिका र पुरातत्व विभागको विवादका कारण विगत २५ वर्षदखि बन्द भई सन् २०१२ सेप्टेम्बर ५ मा खुल्ला भएको यो दरबार महाभूकम्पपछि पुनः बन्द भएको थियो।


प्रकाशन मिति–२०७५ साल पुष ३ गते मंगलवार ।