काठमाडौं। खुशीको खवर नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले करिब १५ दिनको अन्तरमा दोस्रो पटक मूल्य घटाएको हो।

निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जनाएको छ। निगमले मंगलवार रातिवाट पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य घटाएको जनाएको छ।

नयाँ दरअनुसार अब पेट्रोल प्रतिलिटर १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेल ९७ रुपैयाँमा पाइनेछ। निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छैन।
प्रकाशन मिति–२०७५ साल पुष ३ गते मंगलवार ।