प्रधानमन्त्री दाहालको चीनिया राष्ट्रपति सी जिनपिङ्ग तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वीच भएको त्रिपक्षीय भेट
प्रधानमन्त्री दाहालको चीनिया राष्ट्रपति सी जिनपिङ्ग तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वीच भएको त्रिपक्षीय भेट

काठमाडौ। भारतको गोवामा आयोजित भारत, चीन, ब्राजिल, रुस र दक्षिण अफ्रिका सम्मिलित पाँच राष्ट्रको शनिवारवाट आयोजित ब्रिक्स सम्मेलन आइतवार १ सय ९ बुँदे गोवा घोषणापत्र जारी गर्दै संपन्न भएको छ। सम्मेलनवाट ब्रिक्सका पाँच सदस्यीय राष्ट्रहरुवीच कृषि, रेलवे रिसर्च नेटवर्क, स्पोर्ट काउन्सिल र युवा संवन्धी विभिन्न गतिविधिहरु गर्न र गराउन सहमत भएका छन्।

भारत, चीन, ब्राजिल, रुस र दक्षिण अफ्रिका सम्मिलित पाँच राष्ट्रको शनिवारवाट आयोजित ब्रिक्स सम्मेलन आइतवार १ सय ९ बुँदे गोवा घोषणापत्र जारी गर्दै संपन्न
भारत, चीन, ब्राजिल, रुस र दक्षिण अफ्रिका सम्मिलित पाँच राष्ट्रको शनिवारवाट आयोजित ब्रिक्स सम्मेलन आइतवार १ सय ९ बुँदे गोवा घोषणापत्र जारी गर्दै संपन्न

सम्मेलनमा विमस्टेक राष्ट्रहरुलाई पनि आमन्त्रण गरिएको थियो। जसमा भाग लिन नेपालवाट नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि पुगेका थिए। गोवा पुगेका प्रधानमन्त्री दाहालको चीनिया राष्ट्रपति सी जिनपिङ्ग तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वीच भएको त्रिपक्षीय भेट भएको छ। प्रधानमन्त्री दाहालले गोवाको लिला होटलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साक्षी राखेर चीनिया राष्ट्रपति सी जिनपिङ्गसंग वार्ता गरेको भनेर चलेको हल्लालाई भारतीय विदेश मन्त्रालयले केवल संयोग मात्र भएको भनेको छ।

मन्त्रालयले नेपालका प्रधानमन्त्री दाहाल चीनिया राष्ट्रपतिसंग भेटवार्ता गरेर होटल फर्कने क्रममा सोही होटलमा बसेका भारतीय प्रधानमन्त्री र चीनिया राष्ट्रपति ब्रिक्स सम्मेलनको डिनरमा जान लागेको बेलामा संयोगवश भेट भएको मात्र हो भनेर जनाएको छ।
प्रकाशन मिति–२०७३ साल कात्तिक १ गते सोमवार