Prime Minister Mr. Pushpa Kamal Dahal
Prime Minister Mr. Pushpa Kamal Dahal

काठमाडौ। भारतमा रोजगारीमा जानेले पनि अव उप्रान्त श्रम अनुमति लिनु पर्ने भएको छ। नेपाल सरकारले आफ्नो नयाँ प्रावधान र नीति अनुरुप भारतमा गएर काम गर्नेलाई पनि बैदेशिक रोजगारी सरहको सुविधा दिएको छ।

रोजगारीको लागि भारत जाने नेपालीहरुको संख्या लाखौ लाख भएपनि भारतको रोजगारीलाई बैदेशिक रोजगारीको परिभाषामा नराखिदा अनेकन समस्या उत्पन्न भएको भन्दै अव उप्रान्त भारतको रोजगारीलाई पनि बैदेशिक रोजगारीभित्र राखिएको खुलासा प्रधानमन्त्री पुष्पकमल दाहालले भनेका छन्।

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा दाहालले उक्त कुराको उदघोष गरेर खुलासा गरेका हुन्। त्यसैगरेर, प्रधानमन्त्री दाहालले बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि नेपाल सरकारले २० लाखसम्मको बीमा व्यवस्था गर्न लागेको बताएका छन्।

उक्त व्यवस्था अनुरुपमा घातक रोग लागेकादेखि दुर्घटनामा परेकासम्मलाई बीमाको सुविधा उपलव्ध गराइने भएको छ।
प्रकाशन मिति–२०७३ साल माघ ११ गते मंगलवार ।