काठमाडौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिनको नेपाल भ्रमण संपन्न गरेर स्वदेश फर्केका छन् । नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोदीलाई शनिवार अपरान्ह बिदाई गरेका हुन्। यसैबीच, मोदीले आफ्नो नेपाल भ्रमण ऐतिहासिक र सफल भएको जनाए।

स्वदेश फिर्ताकै क्रममा ट्वीट गर्दै मोदीले भ्रमण ऐतिहासिक र सफल भएको उल्लेख गरेका छन्।। भ्रमणमार्फत भारत–नेपाल सम्बन्धमा नयाँ उर्जा थपिएको भन्दै उनले नेपाली जनता तथा नेपाल सरकारले देखाएको न्यानोपनका लागि आभार पनि प्रकट गरेका छन्। बिदाईका लागि विमानस्थल पुगेका परराष्ट्र मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण अत्यन्त सफल भएको प्रतिक्रिया दिए।

जनकपुरबाट नेपालको भ्रमण सुरु गरेका भारतीय प्रधानमन्त्री मोदीले शुक्रवार जानकी मन्दिरमा विशेष पूजा गरेका थिए।
आज मुक्तिनाथ र पशुपतिनाथमा पूजा अर्चना गरे। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटवार्ता गरेका उनले नेपाली समकक्षी केपीओलीसँग एक्लाएक्लै र प्रतिनधिमण्डलसहित भेटवार्ता गरेका थिए।

शनिबार भने नेपाली कांग्रेस, माओवादी केन्द्र, फोरम तथा राजपाका नेताहरुसँग भेटवार्ता गरे। मोदीलाई काठमाडौं महानगरपालिका र जनकपुर उपमहानगरपालिका नगर अभिनन्दन गरेको थियो भने सैनिक मञ्च टुंडिखेलमा सम्मान गारद प्रदान गरिएको थियो।
प्रकाशन मिति–२०७५ साल बैशाख २९ गते शनिवार ।