काठमाडौ। कही नभएको जात्रा हाडी गाउँमा भनेजस्तै भारतीय राष्ट्रपति नेपाल आउने दिन कही नभएको विदा दिने नेपालमा चलाउने नायक भनेर व्यापक आलोचना खेपेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले त्यो निर्णय आफू एक्लैको नभएको भनेका छन्।

prachanda

सर्वसम्मत निर्णयवाट सार्वजनिक विदा दिने निर्णय भएको शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त विद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्ने क्रममा आफ्नो बचाउ आफै गर्दै भनेका छन्। मैले एकल रुपमा विदा दिएको जसरी हल्ला चलेको छ–त्यो सरासर गलत भएको भन्दै दाहालले यसमा सवैको सर्वसम्मत निर्णय र परामर्शवाट भएको बताएका छन्।

दाहालले अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्न प्रमुख तीन दलवीच सहमत भैसकेको खुलासा गर्दै पारित हुने पनि बताए।
प्रकाशन मिति–२०७३ साल कात्तिक १२ गते शुक्रबार ।