Pakistan's Fakhar Zaman holds the trophy as he celebrates with Pakistan players on the pitch after the ICC Champions Trophy final cricket match between India and Pakistan at The Oval in London on June 18, 2017. Pakistan thrashed title-holders India by 180 runs to win the Champions Trophy final at The Oval on Sunday.  / AFP PHOTO / Ian KINGTON / RESTRICTED TO EDITORIAL USE        (Photo credit should read IAN KINGTON/AFP/Getty Images)
Pakistan’s Fakhar Zaman holds the trophy as he celebrates with Pakistan players on the pitch after the ICC Champions Trophy final cricket match between India and Pakistan at The Oval in London on June 18, 2017.
Pakistan thrashed title-holders India by 180 runs to win the Champions Trophy final at The Oval on Sunday.
/ AFP PHOTO / Ian KINGTON / RESTRICTED TO EDITORIAL USE (Photo credit should read IAN KINGTON/AFP/Getty Images)

काठमाडौ। भारतलाई १ सय ८० रनले पराजित गर्दै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ। आइतवार आयोजित खेलमा पाकिस्तानले दिएको ३ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा भारत ३० दशमलव ३ ओभरमा १ सय ५८ रनमै समेटियो।

यो जितसँगै पाकिस्तानले २५ वर्षपछि आइसिसीको महत्वपूर्ण उपाधि जितेको छ । सन् १९९२ मा इमरान खानको कप्तानीमा एक दिवसीय विश्वकपको उपाधि जिते यता पाकिस्तानले आइसीसीको ५० ओभरको कुनै पनि प्रतियोगिता जितेको थिएन। इङ्ल्यान्डको लण्डनस्थित द ओभलमा टस हारेर पहिले व्याटिङ गरेको पाकिस्तानले शानदार ब्याटिङ गर्‍यो।

भारत विरुद्ध पहिलो एक दिवसीय खेल खेलेका फाखर जमानले १ सय १४ रन बनाएपछि पाकिस्तानले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ३८ रन बनायो। उसका लागि अजहर अलीले ५९ रन, मोहोमद हफिजले अविजित ५७ रन तथा बाबकर आजमले ४६ रन बनाए। जवाफमा ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको भारतले ३१ औं ओभरमा अल आउट हुनुपुर्व १ सय ५८ रन मात्रै बनाउन सक्यो । भारतका लागि हार्दिक पाण्डेले सर्वाधिक ७६ रन बनाए।

LONDON, ENGLAND - JUNE 18:  Pakistan lift the ICC Champions Trophy after beating India during ICC Champions Trophy Final between India and Pakistan at The Kia Oval on June 18, 2017 in London, England.  (Photo by Gareth Copley/Getty Images)
LONDON, ENGLAND – JUNE 18: Pakistan lift the ICC Champions Trophy after beating India during ICC Champions Trophy Final between India and Pakistan at The Kia Oval on June 18, 2017 in London, England. (Photo by Gareth Copley/Getty Images)

बलिङतर्फ पाकिस्तानका मोहोमद आमिर र हसन अलीले ३र३ विकेट लिए ।
आमिर टप अर्डरका ब्याट्सम्यानहरु रोहित शर्मा, विराट कोहली र शिखर धवनलाई पभेलियन फर्काउँदै पाकिस्तानलाई जितको बाटोमा लगेका हुन् ।
प्रकाशन मिति–२०७४ साल असार ५ गते सोमवार ।