काठमाडौ। काठमाडौं महानगरपालिका वडा नंबर १२ स्थित टेकु मुसुक्का गणेशस्थान चोकमा बृहत चित्रकला प्रतियोगिता संपन्न भएको छ। भैरब परिवार क्लबको आयोजनामा उक्त बृहत चित्रकला प्रतियोगिता संपन्न भएको हो।

१२ नंबर वडाव्यापी चित्रकला प्रतियोगिता नाम दिएको प्रतियोगितामा कक्षा ५ देखि १० सम्म अध्ययनरत ५० जना विद्यार्थीहरुले भाग लिएका थिए। जसमा सरस्वती निकेतन माध्यमिक विद्यालयकी छात्रा आकृति परियार प्रथम, कुमुदिनी माध्यमिक विद्यालयकी छात्रा स्मृति महर्जन व्दितीय र श्रीकुमारी माध्यमिक विद्यालयकी छात्रा मन्तिसा
महर्जन तृतिय बने।

बरिष्ठ चित्रकार शंकरराजसिंह सुवाल, गोविन्दलाल डंगोल र अरुण मानन्धर संलग्न निर्णायक मण्डलले सहभागी विद्यार्थीहरुको चित्र हेरेर प्रथम, व्दितीय र तृतिय पुरस्कार छनौट गरिएको थियो।

कार्यक्रमको शुभारम्भ काठमाडौं महानगरपालिका वडा नंबर १२ का वडा अध्यक्ष विकास डंगोलले गरेका थिए भने, सभापतित्व आयोजक भैरब परिवार क्लबका अध्यक्ष राजु महर्जनवाट भएको थियो।

प्रकाशन मिति–२०७५ साल मंसीर ८ गते शनिवार ।