काठमाडौं। कोरोनाको कहरमा जारी लकडाउनका कारण विपदमा परेका वर्गहरुलाई कागेश्वरी मनहरा नगरपालिका वडा नंबर ८ स्थित गोठाटारमा दैनिक राहत स्वरुप खाना खुवाउने कार्यक्रम भैरहेको छ।

यस कार्यमा सामाजिक अभियन्ता तथा मनमुरी कृषि सहकारी संस्थाकी अध्यक्ष जयकला बस्नेतको पनि विशेष सहयोग र सहभागिता रहेको छ। त्यसक्रममा सामाजिक अभियन्ता बस्नेतकै पहलवाट नेपाल उद्योग बाणिज्य महासंघवाट ५ सय किलो चामल र ५० किलो दाल प्रदान गर्ने कार्य भएको छ।

उक्त राहत सामाग्री हस्तान्तरण गर्ने कार्यमा कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापा मार्फत भएको जानकारी स्थानीय सामाजिक कार्यकर्ता डम्बर बस्नेतले बताएका छन्।

गोठाटारमा मनमुरी कृषि बजारका संस्थापक समेत रहेका जयकला बस्नेतको सामाजिक कार्यका कारण गोठाटार स्थानीय वासिन्दालाई धेरै सहयोग पुगेको सवैको भनाई रहेको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख २५ गते विहीवार ।